इरानको हिंसा : निका शाकेरामीकी आमाले आफ्नी छोरीको हत्या भएको आरोप लगाइन्

डिसी नेपाल
२२ असोज २०७९ १०:०२
44
Shares

काठमाडौं । इरानमा विरोध प्रदर्शनका क्रममा मारिएकी १६ वर्षीया निका शाकेरामीकी आमाले अधिकारीहरूले आफ्नी छोरीको हत्या गरेको आरोप लगाएकी छन् ।

युएस समर्थक रेडियो फर्दालाई पठाइएको भिडियोमा बालिकाकी आमा नसरीन शाकेरामीले आफ्नी छोरीको शरीरमा चोटपटक देखेको बताइन्। उनको भनाइ यस सम्बन्धमा जारी गरिएको आधिकारिक बयानको विपरीत हो।

१६ वर्षीया निका शाकेरामीलाई कामदारहरूले भवनबाट फ्याँकेको अधिकारीहरूले बताएका छन्।

निका शाकेरामी २० सेप्टेम्बरमा तेहरानबाट बेपत्ता भएकी थिइन् । बेपत्ता हुनुअघि उनले आफ्ना साथीलाई प्रहरीले पछ्याइरहेको बताएकी थिइन् ।

निकाकी आमा नसरीनले घरबाट खसेर निकाको मृत्यु भएको जस्तो देखाउन परिवारलाई जबर्जस्ती बयान दिन लगाइएको बताइन् ।

२२ वर्षीया महसा अमिनीको मृत्युपछि इरानमा सुरु भएको विरोध प्रदर्शन रोकिने नाम लिइरहेको छैन ।

यसैबीच महसा अमिनीको आधिकारिक फरेन्सिक रिपोर्ट पनि आएको छ जसमा उनको स्वास्थ्य अस्वस्थताका कारण मृत्यु भएको बताइएको छ ।

यसैबीच नैतिकता प्रहरीको कुटाइबाट छोरीको मृत्यु भएको परिवारको भनाइ छ ।

महसा अमिनीलाई सेप्टेम्बर १३ मा तेहरानमा हिजाब कानून तोडेको आरोपमा हिरासतमा राखिएको थियो। यो कानुन अनुसार महिलाले हिजाब वा स्कार्फले कपाल छोप्नु पर्ने हुन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *