पहिराका कारण भीमदत्त र केआईसिँह राजमार्ग अवरुद्ध

डिसी नेपाल
२३ असोज २०७९ ९:४२

डडेल्धुरा। सुदूरपश्चिमका मुख्य दुई राजमार्ग पहिराका कारण अवरुद्ध भएका छन्। डडेल्धुरामा भीमदत्त राजमार्ग र केआईसिँह राजमार्ग अवरुद्ध भएका जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

भीमदत्त राजमार्गको साहुखर्क र केआईसिँह राजमार्गको रडुवामा पहिरो गएको छ। लगातारको वर्षाका कारण सुदूर पहाडका राजमार्ग तथा ग्रामीण सडकहरु अवरुद्ध भएका छन्। प्रदेशका पहाडी जिल्लाहरुमा वर्षाका कारण टेलिफोन र विद्युत् सेवासमेत अवरुद्ध हुँदै आएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *