संयुक्त राष्ट्रसंघमा रूस विरोधी प्रस्तावमा नेपालले अमेरिकासहित पश्चिमी देशलाई साथ दिएन

डिसी नेपाल
२३ असोज २०७९ ११:२१
296
Shares

काठमाडौं । संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद् (युएनएचआरसी)को बैठकमा रुसमा मानवअधिकारको विषयलाई लिएर रूसविरुद्ध प्रस्ताव आएको थियो । यस प्रस्तावको पक्षमा नाटोसँग सम्बन्धित सबै देशले मतदान गरेका थिए । तर, नेपालले यो प्रस्तावमा मतदान गरेन ।

भारतले पनि यो प्रस्तावमा मतदान गर्नबाट टाढा रह्यो । यसअघि यूएनएचआरसीमा उइगर मुस्लिमलाई लिएर चीनविरुद्ध प्रस्ताव पनि ल्याइएको थियो, जसमा नेपालले प्रस्तावको विपक्ष र चीनको पक्षमा मतदान गरेको थियो । अहिले भने नेपाललो यो प्रस्तावको कुनै पक्षमा मतदान गरेन अर्थात नेपाल मतदानमै अनुपस्थित रह्यो ।

रुसमा मानवअधिकारको अवस्थाबारे युएनएचआरचीमा प्रस्ताव ल्याइएको थियो। चीनबाहेक बोलिभिया, क्युवा, काजाकिस्तान र भेनेजुएलालगायत ६ देशले यो प्रस्तावको विपक्षमा मतदान गरेका थिए । नेपालसँगै आर्मेनिया, ब्राजिल, इन्डोनेसिया, लिबिया, मलेसिया, मेक्सिको, संयुक्त अरब इमिरेट्स (युएई), उज्वेकिस्तान, भारत, सुडान, कतार र पाकिस्तानले मतदानमा भाग लिएका थिएनन् ।

युक्रेनमा रुसले गरेको आक्रमणलाई लिएर अमेरिका र नेटो देशहरूबीच विवाद छ । यस्तो अवस्थामा अर्जेन्टिना, फिनल्याण्ड, फ्रान्स, जर्मनी, जापान, लक्जेम्बर्ग, युक्रेन, नेदरल्याण्ड, पोल्याण्ड, कोरिया, युक्रेन, ग्रेट ब्रिटेन र अमेरिकालगायत धेरै देशले यो प्रस्तावको पक्षमा मतदान गरेका छन् ।

यसअघि बिहीबार संयुक्त राष्ट्रसङ्घको मानवअधिकार परिषद्मा चीनविरुद्ध प्रस्ताव ल्याइयो । यो प्रस्ताव पश्चिमी देशहरूले चीनको उइगर मुस्लिममाथि हुने अत्याचारका सम्बन्धमा तयार पारेको हो। यद्यपी यो प्रस्तावलाई पर्याप्त मत नपाउँदा त्यो फेल भएको थियो तर ठूलो कुरा त नेपालले यसमा चीनको पक्षमा मतदान गर्यो र भारतले यससँग सम्बन्धित मतदान प्रक्रियामा भाग लिएन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *