सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाएनन् टिकट, पिएले टिकट पाए

डिसी नेपाल
२३ असोज २०७९ १२:१२
1.4k
Shares

धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आगामी निर्वाचनका लागि टिकट पाएका छैनन्। मुख्यमन्त्री भट्टले सुरुमा संघीय निर्वाचन क्षेत्रका लागि डोटीबाट प्रत्यक्षमा टिकट मागेका थिए । तर डोटीमा एकीकृत समाजवादी पार्टीबाट पूर्वमन्त्री प्रेम आलेले टिकट पाए।

मुख्यमन्त्री भट्टले प्रदेशसभामा टिकट माग गरे पनि डोटी प्रदेशसभा ‘ख’ मा मुख्यमन्त्री भट्टका स्वकीय सचिव शिवसिंह ओलीले टिकट पाएका छन्।

डोटी प्रदेश सभा ‘क’ नेपाली कांग्रेसले भागमा परेको छ। डोटीमा प्रतिनिधिसभा सदस्यको टिकट एकीकृत समाजवादीले पाएपछि डोटीमै रहेका नेपाली कांग्रेसका सुदूरपश्चिम सभापति वीरबहादुर बलायर कैलालीको निर्वाचन क्षेत्र नम्बर ४ बाट चुनाव लड्दैछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *