मिसाइल आक्रमणका कारण युक्रेनमा विद्युत संकट, धेरै सहर अन्धकारमा
काठमाडौं । रुसी मिसाइल आक्रमणपछि युक्रेन वरपरका धेरै क्षेत्रमा विद्युत आपूर्ति अवरुद्ध भएको छ । युक्रेनको राज्य आपतकालीन सेवाका अनुसार ल्भिभ, पोल्टावा, सुमी र टेर्नोपिल क्षेत्रमा बिजुली बन्द भएको छ। यसबाहेक अन्य क्षेत्रमा विद्युत् आपूर्ति आंशिक रूपमा अवरुद्ध भएको छ ।
युक्रेनका प्रधानमन्त्रीले आज साँझसम्म सुमी सहरमा बिजुली पुर्नस्थापित हुने र क्षतिग्रस्त पूर्वाधारको अधिकांश मर्मत गरिने बताएका छन्।
यसअघि ल्भिभका उपमेयर एन्ड्रे मोस्कालेन्कोले शहरका भवनहरूमा पानी आपूर्ति गर्न डिजेल जेनेरेटर प्रयोग भइरहेको बीबीसीलाई बताए। यो समयमा मानिसहरूलाई तातो पानीको सुविधा छैन।
यसबाहेक मिसाइल हमलापछि धेरै सहरमा लोकल ट्रेन चलेका छैनन् । अधिकांश ट्राफिक बत्तीले काम गर्न नसकेको र मोबाइल फोनको नेटवर्कमा पनि समस्या देखिएको छ ।
युक्रेनी अधिकारीहरूले देशभरका मानिसहरूलाई स्थानीय समय अनुसार बिहान ५ बजे र राति १० बजेको बीचमा सकेसम्म थोरै बिजुली प्रयोग गर्न आग्रह गरिरहेका छन्, ताकि बिजुली कटौतीले धेरै असर नपरोस्।







डिसी नेपाल







Facebook Comment