मलाला युसुफजाई पाकिस्तानमा
काठमाडौं । मलाला युसुफजाई र उनका बुबा जियाउद्दीन युसुफजाई पाकिस्तानमा आएको बाढीको असरबारे विश्वको ध्यानाकर्षण गराउन र मानवीय सहायता बढाउन मंगलबार पाकिस्तान पुगेका छन्।
यस भ्रमणमा उनीहरूले पाकिस्तान सरकारका अधिकारी, मानवीय संस्था र बाढी पीडितसँग भेट गर्नेछन् । मलाला कोषका अनुसार उनको भ्रमणको उद्देश्य बाढी र मानवीय विपत्तिबाट भएको क्षतिप्रति विश्वको ध्यानाकर्षण गराउनु रहेको छ ।
मलालाले संयुक्त राष्ट्र महासभाको बैठकमा पुगेका पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफसँग पनि भेट गरिन् र बाढीबाट प्रभावित हजारौं बालबालिकाको शिक्षामा पर्ने चुनौतीहरूबारे छलफल गरिन्।
गत महिना, मलाला कोषले पाकिस्तानमा महिला र बालिकाहरूको सुधारका लागि आपतकालीन कोष दियो। मलालाले आपतकालीन सहायता अभियानमा सामेल भइन् र पाकिस्तानमा बाढी पीडितहरूलाई मद्दत गर्न विश्वलाई अपील गरिन्।







डिसी नेपाल







Facebook Comment