दिल्ली महिला आयोगकी अध्यक्ष स्वाती मालीवाललाई बलात्कारको धम्की

डिसी नेपाल
२६ असोज २०७९ १२:५६
44
Shares

काठमाडौं । दिल्ली महिला आयोगकी अध्यक्ष स्वाती मालीवालले आफूलाई बलात्कारको धम्की आइरहेको र आफूले दिल्ली प्रहरीमा उजुरी गरिरहेको बताएकी छन् ।

वास्तवमा स्वाती मालिवालले रियालिटी शो बिग बोस सिजन १६ मा निर्देशक साजिद खानलाई सहभागी बनाएको विरुद्धमा सूचना तथा प्रसारण मन्त्री अनुराग ठाकुरलाई पत्र लेखेकी थिइन् ।

पत्रमा उनले साजिद खानलाई शोबाट हटाउन माग गरेकी थिइन्, मालीवालले यो चिठी लेखेका कारणले मात्रै धम्की आइरहेको बताएकी छिन् ।

उनले ट्वीट गरेकी छन्, ‘जबदेखि मैले साजिद खानलाई बिग बोसबाट बाहिर निकाल्न आईबी मन्त्रीलाई पत्र लेखेँ, तबदेखि मलाई इन्स्टाग्राममा बलात्कारको धम्की दिइँदै आएको छ । पक्कै पनि तिनीहरू हाम्रो काम रोक्न चाहन्छन्। म दिल्ली पुलिसलाई उजुरी दिन्छु, एफआईआर दर्ता गर्नुहोस् र अनुसन्धान गर्नुहोस्, यसका पछाडि रहेकाहरूलाई पक्राउ गर्नुहोस्।’

साजिद खानलाई २०१८ मा #Metoo आन्दोलन अन्तर्गत गम्भीर आरोप लागेको थियो। धेरै अभिनेत्री र मोडलले उनको विरुद्धमा आवाज उठाएका थिए जसका कारण उनले आफ्नो फिल्म हाउसफुल ४ बाट आफ्नो नाम हटाउनु परेको थियो ।

साजिद खानको नाम विगत तीन वर्षदेखि कुनै प्रोजेक्टसँग जोडिएको छैन तर हालै साजिद खानलाई बिग बोसको घरमा देखेपछि धेरैले शोमा आपत्ति जनाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *