समुद्रबाट निस्कियो १६ फिट लामो ‘दैत्य’ ! मानिसहरू आतंकित

डिसी नेपाल
२६ असोज २०७९ १३:०७
80.5k
Shares

काठमाडौं । संसारमा यस्ता धेरै जीव छन्, जसको बारेमा हामीलाई अझै पनि पूर्ण जानकारी छैन । यस्तो अवस्थामा जब यी जीवहरू हाम्रो अगाडि आउँछन्, आश्चर्य लाग्नु स्वाभाविक हो। समुन्द्रको किनारमा सर्प जस्तो ठुलो माछा देख्दा यस्तै भएको थियो । यो अनौठो देखिने प्राणी देखेर त्यहाँ उपस्थित मानिसहरु आत्तिए ।

अक्टोबर ५ मा मेक्सिकोको सिनोला तटमा देखिएको यो १६ फिट लामो जीवको तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यस जीवलाई मानिसहरु ‘राक्षस’ भन्दै सम्बोधन गर्दै कुनै अप्रिय घटना हुन सक्ने भन्दै आतंकमा छन् । वास्तवमा, केही दिन अघि यो समुद्री जीव चिलीको तटमा पनि देखिएको थियो। मानिसहरु यसको उपस्थितिलाई अशुभ मानिरहेका छन्।

यो चाँदी रंगको प्राणी सर्प र माछा जस्तै देखिन्छ। डेली स्टारको रिपोर्टका अनुसार यो प्राणी ओरफिस हो, जो समुद्रको गहिराइमा बस्छ र पानीको सतहमा विरलै आउँछ। कम उज्यालोमा बस्न मन पराउँछ ।

भनिन्छ कि जब समुद्रमा भूकम्प आउँछ तब यो जीव स्वतः पानीको माथि आउँछ। जसका कारण स्थानीय बासिन्दा भूकम्प र सुनामीको आशंकामा डराएका छन् ।

जापानमा यो जीवलाई ‘र्युगो नो त्सुकाई’ भनेर चिनिन्छ। यो नामको अर्थ समुद्रको देवताको दरबारबाट आएको सन्देश हो। जापानमा, यो भूकम्पसँग पनि सम्बन्धित छ।

तर, भूकम्पको सिद्धान्तको कुनै स्पष्ट वैज्ञानिक आधार भने छैन । यो इतिहासमा एकपटक मात्रै देखिएको छ जब भूकम्पको साथ समुद्रको सतहमा माछा देखियो।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *