रुसलाई सहयोग गर्न साउदी अरबले तेल उत्पादनमा कटौती गरेको अमेरिकाको आरोप

डिसी नेपाल
२९ असोज २०७९ १०:२१
76
Shares

काठमाडौं । अमेरिकाले बिहीबार दावी गरेको छ कि साउदी अरेबियाले गत हप्ता तेल उत्पादन कटौती गर्न ओपेक प्लस देशहरूलाई दबाब दिएको थियो।

सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले पत्रकारहरूलाई भने कि ओपेकका एक भन्दा बढी सदस्यहरूले साउदी अरेबियाको निर्णयको विरोध गरेका थिए तर उनीहरूले पनि सहयोग गर्नुपरेको थियो किनभने उनीहरू एक्लै छोडिएका थिए।

उनले त्यो देशको नाम नखुलाउने बताए । अमेरिकाले बजारलाई हेरेर तेल उत्पादन घटाउने कुनै आधार नभएको बताए पनि ओपेक राष्ट्रहरूले तेल उत्पादन घटाएका छन्। यसैबीच, साउदी अरेबियाले तेल उत्पादनमा कटौती आर्थिक कारणले गरेको बताएको छ।

ओपेकमा तेल निर्यात गर्ने १३ देश छन् । ओपेक र यसका सहयोगीहरूले अक्टोबर ५ मा तेल उत्पादन प्रतिदिन २० लाख ब्यारेलले कटौती गर्ने घोषणा गरेका थिए ।

ओपेक प्लस २३ तेल निर्यात गर्ने देशहरूको समूह हो। यो समूहमा रुस पनि छ । यो समूहले कति तेल उत्पादन गर्ने र विश्व बजारमा कति तेल बिक्री गर्ने भन्ने निर्णय गर्छ। विश्वभर तेलको अभाव महसुस भइरहेका बेला तेलमा कटौती गरिएको हो ।

साउदी विदेशमन्त्रीले बिहीबार एक विज्ञप्ति जारी गर्दै बजारलाई स्थिर बनाउन माग र आपूर्तिको सन्तुलनलाई ध्यानमा राख्दै ओपेक प्लस देशले सर्वसम्मतिले यो निर्णय गरेको बताए ।

जोन किर्बीले भने कि साउदी अरेबियाले चीजहरूलाई ट्विस्ट गर्न सक्छ तर यो सत्य हाम्रो आँखा अगाडि छ। उनले तेल उत्पादनमा कमीले रुसको आम्दानीमा वृद्धि हुने र त्यसमाथि लगाइएको प्रतिबन्धको प्रभाव कम हुने बताए ।

सुरक्षा परिषद्का प्रवक्ता किर्बीले भने कि अमेरिकाले यो तेल उत्पादन कटौती अर्को ओपेक बैठक सम्म रोक्न सक्ने विश्लेषण गरेको छ। तेल उत्पादनमा कटौती अमेरिका र साउदीबीच बिग्रँदै गएको सम्बन्धको पछिल्लो उदाहरण हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *