बेलायतकी प्रधानमन्त्री लिज ट्रस समस्यामा, अर्थमन्त्री बर्खास्त
काठमाडौं । बेलायतमा प्रधानमन्त्री लिज ट्रसले चाँडै नै आफ्नो आर्थिक योजनामा ठूलो परिवर्तन गर्न सक्ने चर्चा चलिरहेको छ । यी अड्कलबाजीका बीच उनले अर्थमन्त्री क्वाजी क्वार्टेङलाई बर्खास्त गरेकी छिन् ।
प्रधानमन्त्री लिज ट्रसलाई लेखेको पत्रमा, क्वाजी क्वार्टेङ्गले आर्थिक विकासको लागि आफ्नो दृष्टिकोण सही थियो र अझै पनि यसलाई समर्थन गर्ने बताएका छन् । केही घण्टाभित्रै उनले व्यापार कर घटाउने घोषणाबाट पछि हट्ने अपेक्षा गरिएको छ ।
उनले क्वाजी क्वार्टेङ्गको स्थानमा पूर्व स्वास्थ्यमन्त्री जेरेमी हन्टलाई नयाँ अर्थमन्त्री नियुक्त गरेकी छिन्। जेरेमी हन्टले प्रधानमन्त्रीको चुनावमा ऋषि सुनकलाई समर्थन गरेका थिए।
लिज ट्रसको आर्थिक एजेन्डामा कर कटौतीको वाचा केन्द्रित थियो। यो घोषणासँगै उनले प्रधानमन्त्री पदका लागि दाबी पेश गरेकी थिइन् । “मैले विगतका हप्ताहरूमा धेरै पटक भनेको छु, यथास्थिति कायम राख्नको लागि कुनै सजिलो तरिका छैन,” क्वाजी क्वार्टेङ्गले आफ्नो पत्रमा लेखे।
“धेरै लामो समयदेखि यो देश न्यून वृद्धि दर र उच्च करहरूले ग्रस्त छ। यो देश सफल हुन हो भने यो परिवर्तन गर्नुपर्छ।” राष्ट्रिय हितलाई प्राथमिकतामा राखेर पद त्यागेकोमा उनले धन्यवाद समेत दिएकी छिन् ।
लिज ट्रसले लेखेकी छन्, ‘देशको विकासका लागि हामी दुवैको एउटै दृष्टिकोण र विश्वास छ ।’ क्वाजी क्वार्टेङले ३८ दिनपछि राजीनामा दिनुपर्यो । सबैभन्दा कम समय यो पद सम्हाल्ने उनी दोस्रो अर्थमन्त्री हुन् ।
लिज ट्रसका लामो समयका सहयोगी, क्वाजी क्वार्टेङ्गले कर कटौतीको उनको विचारधारालाई समर्थन गरे र उनको नियुक्तिको समयमा उनको राजनीतिक सहयोगीको रूपमा देखा परे।







डिसी नेपाल







Facebook Comment