भोकमरीको सूचकांकमा भारतको अवस्था नेपालभन्दा खराब
काठमाडौं । सन् २०२२ को ग्लोबल हंगर इन्डेक्सको प्रतिवेदन सार्वजनिक भएको छ, जसमा छिमेकी नेपाल, पाकिस्तान, श्रीलंका र बंगलादेश भारतभन्दा राम्रो अवस्थामा छन् । १२१ देशको वरियतामा भारत १०७औँ स्थानमा छ भने छिमेकी राष्ट्र पाकिस्तान ९९औँ स्थानमा छ ।
यस सूचीमा दक्षिण एसियाको सबैभन्दा राम्रो स्थानमा रहेको देश श्रीलंका रहेको छ । आर्थिक समस्या झेलिरहेको श्रीलंका यस सूचकाङ्कमा ६४औँ स्थानमा रहेको छ । भारतको छिमेकी राष्ट्र नेपाल ८१औँ स्थानमा छ भने बंगलादेश ८४औँ स्थानमा छ ।
एउटा छिमेकी राष्ट्र अफगानिस्तान बाहेक सबैको अवस्था भोकमरी सूचकाङ्कमा भारतभन्दा राम्रो छ । यस सूचीमा अफगानिस्तान १०९औँ स्थानमा छ । ग्लोबल हंगर इन्डेक्स विश्वव्यापी, क्षेत्रीय र राष्ट्रिय स्तरमा भोकमरीको विस्तृत मापन र ट्र्याकिङ हो।
जीएचआइ स्कोर सामान्यतया कुपोषण, गम्भीर शिशु कुपोषण, अवरुद्ध वृद्धि र बाल मृत्युदर सहित चार सूचकहरूको मानमा मापन गरिन्छ।
जीएचआइ को कुल १०० अंक छ, जसको आधारमा देशको भोकमरीको गम्भीरताको स्थिति देखाइएको छ। अर्थात् कुनै देशको अङ्क शून्य छ भने त्यो राम्रो अवस्थामा छ र कसैको १०० अंक छ भने त्यो निकै खराब अवस्थामा छ ।
भारतको स्कोर २९.१ छ जुन निकै गम्भीर श्रेणीमा पर्दछ। यसबाहेक, कुल १७ शीर्ष देशहरू छन् जसको स्कोर ५ भन्दा कम छ। यी देशहरूमा चीन, टर्की, कुवेत, बेलारुस, उरुग्वे र चिली जस्ता देशहरू छन्।
अर्कोतर्फ मुस्लिम बाहुल्य देशको स्थितिको कुरा गर्ने हो भने यूएई १८औँ, उज्वेकिस्तान २१औँ, काजाकिस्तान २४औँ, ट्युनिसिया २६औँ, इरान २९औँ, साउदी अरब ३०औँ स्थानमा छ ।
बालबालिकामा गम्भीर कुपोषणको अवस्था हेर्दा जीएचआई नाप्ने चारवटा स्केलमध्ये एउटा हो भने सन् २०१४ मा १५.१ प्रतिशतको तुलनामा यो पटक भारतमा १९.३ प्रतिशत रहेको पाइएको छ । यसको अर्थ भारत यो मापनमा झनै पछाडि परेको हो ।
अर्कोतर्फ कुल कुपोषणको मापनको कुरा गर्ने हो भने त्यो पनि निकै बढेको छ । यो मापनले देशको कुल जनसंख्या कति खाद्यान्न अभावको सामना गरिरहेको छ भनेर देखाउँछ।
सूचकांकका अनुसार भारतमा सन् २०१८ र २०२० बीच १४.६ प्रतिशत रहेकोमा सन् २०१९ देखि २०२१ सम्ममा १६.३ प्रतिशत पुगेको छ। यस अनुसार विश्वका कुल ८२ करोड ८० लाख मानिस कुपोषणको सामना गरिरहेका छन् भने २२ करोड ४० लाख भारतमा मात्रै छन् ।
विश्वमा कुल भोकमरीको अवस्थाको बारेमा कुरा गर्दा, यो पछिल्ला वर्षहरूमा स्थिर रहेको छ। सन् २०२२ को प्रतिवेदनमा विश्वभर भोकमरीको अवस्थालाई मध्य श्रेणीमा राखिएको छ । जहाँ २०१४ मा विश्वको कुल स्कोर १९.१ थियो, २०२२ मा १८.२ मा झरेको छ ।
यस प्रतिवेदनमा भारतसहित कुल ४४ देशको अवस्था निकै खतरनाक तहमा रहेको उल्लेख छ ।







डिसी नेपाल







Facebook Comment