आचारसंहिता उल्लंघन गर्ने प्रचण्डसहित ६ जनालाई आयोगले सोध्यो स्पष्टीकरण

डिसी नेपाल
२९ असोज २०७९ १८:१६
84
Shares

काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि लागु गरिएको निर्वाचन आचारसंहिता उल्लंघन गर्ने ६ जना व्यक्ति र ८ संस्थालाई स्पष्टीकरण सोधेको छ ।

आचारसंहिता उल्लंघनका सम्बन्धमा आयोगमा परेका उजुरी तथा प्राप्त जानकारी विषयमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, पचरौता नगरपालिका प्रमुख जलन्धर सिंह जैसवार, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अधिकृत गोकुल वस्ती, जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत, हाम्रो नेपाल पार्टीका अध्यक्ष अनन्तराज घिमिरे र प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. १ नुवाकोटका उम्मेदवार बद्री मैनालीलाई आयोगबाट स्पष्टीकरण सोधिएको सहायक प्रवक्ता कमल भट्टराईले बताए ।

यसैगरी श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र अर्थ मन्त्रालयलाई आयोगको सहमति बमोजिम मात्र कार्यसम्पादन गर्न तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, शहरी विकास मन्त्रालय, नेपाल प्रज्ञा प्रतिष्ठान, अर्थ मन्त्रालय, धितोपत्र बोर्ड, बीमा समिति र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेशलाई स्पष्टीकरण सोधिएको सहायक प्रवक्ता भट्टराईले जानकारी दिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *