बलात्कारी बाबा गुरमीत राम रहीम जेलबाहिर
काठमाडौं । डेरा सच्चा सौदा प्रमुख गुरमीत राम रहीम फेरि जेलबाट छुटेका छन् । राम रहीमले यसपटक ४० दिनको पेरोल पाएका छन् ।
बलात्कार र हत्या मुद्दामा सजाय काटिरहेका राम रहीम जेलबाट छुटेपछि उत्तर प्रदेशको बर्नवास्थित डेरा सच्चा सौदाको आश्रम पुगेका छन् । राम रहीम कडा सुरक्षाबीच आश्रम पुगेका थिए ।
राम रहीमको परिवारले जेल प्रशासनलाई एक महिनाको लागि पेरोलको लागि निवेदन दिएको थियो। उनलाई १७ जुनमा एक महिनाको पेरोल दिइएको थियो ।
राम रहीम सन् २०१७ देखि हरियाणाको सुनारिया जेलमा सजाय काटिरहेका छन् । हरियाणाको सिरसास्थित आश्रममा दुई महिलालाई बलात्कार गरेको आरोपमा उनलाई २० वर्षको जेल सजाय सुनाइएको छ ।
यस वर्षको फेब्रुअरीमा उनी तीन हप्ताको लागि पेरोलमा रिहा भएका थिए। पेरोलमा कैदी कुनै विशेष कार्य वा असल आचरणका कारण सजाय पूरा हुनुअघि नै केही समयका लागि जेलबाट बाहिर निस्किन पाउँछन् । पेरोलमा कैदीलाई अस्थायी रूपमा जेलबाट रिहा गरिन्छ र छोटो समय सीमा हुन्छ।
अक्टोबर २०२१ मा राम रहीम र अन्य चार जनालाई डेराका पूर्व व्यवस्थापक रञ्जित सिंहको हत्यामा दोषी ठहर गरिएको थियो। रञ्जित सिंहकोको सन् २००२ मा डेरा सच्चा सौदा आश्रमको परिसरमा हत्या भएको थियो ।
पञ्जाब र हरियाणा उच्च न्यायालयको आदेशमा, सीबीआईले २००३ मा मुद्दामा अनुसन्धान सुरु गर्यो। यस मामिलामा हरियाणाको कुरुक्षेत्र जिल्लामा एफआईआर दर्ता गरिएको थियो।







डिसी नेपाल







Facebook Comment