पावर प्लान्टमा रूसको आक्रमण, किभका जनतालाई बिजुली बचाउन अपिल

डिसी नेपाल
३० असोज २०७९ १०:५६
108
Shares

काठमाडौं । रुसले युक्रेनको राजधानी किभ नजिकै रहेको एउटा पावर प्लान्टमा मिसाइल प्रहार गरेको छ । यसपछि साँझमा बिजुलीको खपत कम गर्न कीभका जनतालाई अपिल गरिएको छ ।

यद्यपि अधिकारीहरूले यसअघि रुसी आक्रमणपछि विद्युत आपूर्ति पुनःस्थापना गरिएको बताएका थिए।

तर युक्रेनको विद्युत आपूर्ति निकाय ‘युक्रानेर्जो’ ले स्थानीय समयअनुसार बेलुकी ५ बजेदेखि ११ बजेसम्म विद्युत खपत कम राख्न अपिल गरेको छ ।

यो अपील राजधानी कीभमा मात्र सीमित छैन।

युक्रेनको राष्ट्रपति कार्यालयका उपप्रमुख किरिलो टिमोशेन्कोले ज़ाइटोमिर, चेर्कासी र चेर्निहाइभका जनताले पनि बिजुली बचत गर्नुपर्ने बताएका छन्।

“यदि यो सल्लाहलाई बेवास्ता गरियो भने, हामीलाई समस्या हुनेछ र मैनबत्तीको सहारा लिनुपर्छ,” उनले टेलिग्राममा भने।

युक्रेनले मानिसहरूलाई बिजुली खपत गर्ने उपकरणहरू प्रयोग नगर्न र बिजुली बचत गर्न गैर-आवश्यक बत्तीहरू बन्द गर्न आग्रह गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *