देशैभर प्याराग्लाइडिङको उडान अनिश्चितकालका लागि बन्द
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशैभर प्याराग्लाइडिङको उडान अनिश्चितकालका लागि बन्द गरेको छ ।
प्राधिकरणले अर्को व्यवस्था नभएसम्मका लागि उडान बन्द गरिएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए ।
नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा एक खेलाडीको मृत्यु भएको थियो । आइतबार विहान साढे ११ बजे पोखरा १८ सराङकोटबाट उडेको प्याराग्लाइडिङ एक्कासी भुईंमा खसेको थियो। दुर्घटनामा नेपाल आर्मीका खेलाडी पोखरा १० अस्पताल चोकका २६ वर्षीय निसिम थापाको मृत्यु भएको हो।
उडानको सुरक्षा र ऐन, नियमको प्रावधान नभएसम्म उडान बन्द हुने निरौलाले बताए ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment