ओपेक प्लस देशहरूले सहमतिमा तेल उत्पादन कटौती गर्ने निर्णय लिएका हौं : बहराइन

डिसी नेपाल
३१ असोज २०७९ १०:३४
16
Shares

काठमाडौं । बहराइनका तेलमन्त्रीले आइतबार तेल उत्पादनमा प्रतिदिन २० लाख ब्यारेलले कटौती गर्ने निर्णय सर्वसम्मतिबाट भएको बताए ।

समाचार एजेन्सी रोयटर्सको रिपोर्टका अनुसार पेट्रोलियम निर्यात गर्ने देशहरूको संगठन अर्थात् ओपेक र यसका सहयोगी राष्ट्रहरू (ओपेक प्लस)ले विश्व बजारको अवस्था र पछिल्लो घटनाक्रमको प्राविधिक अध्ययनलाई ध्यानमा राखेर यो निर्णय गरेको उनले बताए । उत्पादन कटौती आपसी सहमतिमा गरिएको हो।

उनले तेल बजारमा स्थायित्व ल्याउन सदस्य राष्ट्रहरूको उद्देश्य रहेको र उत्पादक र उपभोक्ताको हितमा सन्तुलन कायम गर्ने प्रयास भइरहेको बताए ।

यसअघि अक्टोबर ५ मा ओपेकको मुख्यालय भियनामा बसेको ३० मिनेट लामो बैठकमा ओपेक प्लस देशहरूले यो कटौती गर्ने निर्णय गरेका थिए ।

हालैका महिनाहरूमा विश्वव्यापी मन्दीको खतरा गहिरिँदै गएको र तेलको मूल्य घटेको अवस्थामा कच्चा तेलको मूल्यलाई स्थिर बनाउन यो कदम चालिएको ओपेक प्लसले जनाएको छ । ओपेक र यसका सहयोगीहरूले सन् २०२० यता उत्पादनमा गरेको यो सबैभन्दा ठूलो कटौती हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *