सर्लाहीमा बस दुर्घटना, २३ जना घाइते

डिसी नेपाल
३१ असोज २०७९ १०:५९

सर्लाही। सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ मा आज बिहान ३३ जना सवार बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन्।

घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। गम्भीर घाइते भएका बसका चालक दिपक बोहोराकी ३ वर्षीया छोरी प्रिन्स र बसका परिचालक झापाको मेचिनगर नगरपालिका ७ का २१ वर्षीय प्रदिप पुरीलाई उपचारका लागी झापा तर्फ पठाइएको छ।

अन्य घाइतेहरुको गढिमाई अस्पतालमा उपचार भइरहेको छ। काकडभिट्टाबाट भैरहवा तर्फ जाँदै गरेको बा ४ ख ३३७८ नम्बरको बस अनियन्त्रित भएर आज बिहान ३ बजे पल्टिएको थियो।

दुर्घटनामा घाइते भएकामध्ये ९ जना उपचार पश्चात घर फर्कि सकेका छन्। चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *