ग्रीस–टर्की सीमामा करिब १०० पुरुष नग्न अवस्थामा भेटिए

डिसी नेपाल
३१ असोज २०७९ १५:४०
7.7k
Shares

काठमाडौं । ग्रीस र टर्कीबीचको सीमामा झण्डै एक सय पुरुष नग्न अवस्थामा भेटिएपछि संयुक्त राष्ट्रसंघले ‘गहिरो चिन्ता’ व्यक्त गरेको छ । योसँगै दुई देशबीच आरोप–प्रत्यारोपको सिलसिला पनि सुरु भएको छ ।

ग्रीस प्रहरीले ती व्यक्तिहरूलाई टर्कीको उत्तरी सीमा नजिकबाट उद्धार गरिएको जनाएको छ। तीमध्ये केही पुरुष घाइते पनि छन् । यद्यपी, यो राज्यमा कति मानिस पुगे भन्ने अझै स्पष्ट भइसकेको छैन ।

ग्रीसले टर्कीलाई उसको व्यवहार “सभ्यताको अपमान” भएको आरोप लगाएको छ। उही समयमा टर्कीले आफ्नो छिमेकीलाई ‘बर्बरता’ को आरोप लगाएको छ र छिमेकीको दाबीलाई ‘झूटो’ भनेको छ।

ग्रीस प्रहरी र युरोपेली संघको सीमा एजेन्सी फ्रन्टेक्सले गरेको अनुसन्धानमा यी सबै आप्रवासीहरू टर्कीबाट नदी पार गरी ग्रीसको भूभागमा प्रवेश गरेको खुलासा भएको छ ।

संयुक्त राष्ट्र संघले पनि यस विषयमा एक विज्ञप्ति जारी गर्दै ग्रीस र टर्कीको सिमानामा १०० जना पुरुष नग्न अवस्थामा भेटिएकोमा ‘अत्यधिक चिन्तित’ रहेको जनाएको छ ।

सिरिया, इराक र अफगानिस्तानमा युद्ध र गरिबीबाट पीडित लाखौं शरणार्थीहरू टर्की हुँदै आइपुग्दा २०१५ र २०१६ बीच ग्रीसमा शरणार्थीहरू तीव्र गतिमा बढ्दै गएका थिए।

तर, त्यसपछि शरणार्थीको संख्या घट्यो । तर ग्रीसका अधिकारीहरूले हालैका दिनहरूमा टर्कीको भूमिबाट आफ्नो क्षेत्रमा प्रवेश गर्ने शरणार्थीहरूको संख्या फेरि बढ्न थालेको बताएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *