वंशी दाहाल सशस्त्र प्रहरीको एआइजीमा बढुवा
काठमाडौं। सशस्त्र प्रहरी बलको एआइजीमा वंशी दाहाल बढुवा भएका छन्।
मन्त्रिपरिषद्को २८ असोजको बैठकले डिआइजी दाहाललाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको हो।
त्यसअघि ६ असोजमा बसेको बढुवा समितिको बैठकले उनको बढुवा सिफारिस गरेको थियो।
सरकारले दाहालको बढुवाकै लागि भनेर सशस्त्रमा एआइजीको एक दरबन्दी थपेको थियो। सशस्त्रमा सीमा सुरक्षा विभाग स्थापना गरी एआइजीको दरबन्दी थपिएको हो।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment