बझाङमा जीप दुर्घटना हुँदा छ जनाको मृत्यु, चार जनाकाे पहिचान खुल्याे

डिसी नेपाल
२ कार्तिक २०७९ २०:०९
124
Shares

बझाङ। बझाङको मष्टा गाउँपालिका–१ तुफान डाँडामा जीप दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ। आज दिउँसो सदरमुकाम चैनपुरबाट मष्टा-२ खेतकोट जाँदै गरेको सुपप्र ०१–००१च ११७ नम्बरको जीप दुर्घटना भएको हो।

जीप सडकबाट दुई सय मिटर तल खसेर भीरमा अड्किएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशदत्त अवस्थीले बताए। जीप दुर्घटनामा ज्यान गुमाउने चार जनाको पहिचान खुलेको छ।

दुर्घटनामा मष्टा गाउँपालिका-२ खेतकोटकी १३ वर्षीया सम्झना खड्का, सोही ठाउँका २५ वर्षीय रोशन खड्का, ११ वर्षीय प्रचण्ड खड्का र २८ वर्षीया वसन्ती धामीको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी रमेशदत्त अवस्थीले जानकारी दिए।

दुर्घटनामा ६ जनाको घटनास्थलमै ज्यान गएको थियो। जीप सडकबाट दुई सय मिटर तल भिरमा खसेको थियो । अहिले घाइतेलाई जिल्ला अस्पताल सिमखेत ल्याउने काम भइरहेकोसमेत सूचना अधिकारी अवस्थीले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *