बझाङ जीप दुर्घटना अपडेट: मृतक संख्या सात पुग्यो

डिसी नेपाल
२ कार्तिक २०७९ २०:५७

धनगढी । बझाङमा भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या सात पुगेको छ ।

मृत्यु हुनेमा मष्टा गाउँपालिका-३ की १३ वर्षीया सम्झना खड्का, १५ वर्षीय रोशन खड्का, ११ वर्षीय प्रचण्ड खड्का, २८ वर्षीया बसन्ती धामी, ३८ वर्षीय वीरेन्द्र आधिकारी, ७ महिने बालिका दक्षिता कठायत र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-७ का ४२ वर्षीय झरेन्द्र बोहरा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार दुर्घटनामा १६ जना घाइते भएका छन् । घाइते मध्य ५ जनालाई जिल्ला अस्पताल डडेल्धुरा रेफर गरिएकोमा त्यहाँ उपचार सम्भव नभएपछि धनगढी ल्याइने भएको छ । बाँकि ११ जनाको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बुधबार दिउँसो जिल्लाको मष्टा गाउँपालिका–१ स्थित चिउरीमा डुङ्ग्रीबाट मष्टातर्फ गइरहेको सु.प.प्र ००१–००१ च ११७ नम्बरको जीप दुर्घटना भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *