अर्घाखाँचीमा अरिङ्‍गालले टोक्दा एक जनाको मृत्यु

डिसी नेपाल
३ कार्तिक २०७९ १९:५५
132
Shares

अर्घाखाँची । अर्घाखाँचीको शितगंगामा अरिङ्‍गालको टोकाइबाट एक महिलाको ज्यान गएको छ ।

गाई चराउन गएकी शितगंगा नगरपालिका–३ ठाडा पदमीकी २१ वर्षीया रोमा सारुको अरिङ‍गालको टोकाइबाट ज्यान गएको हो ।

अरिङ्गलाले टोकेर गम्भीर घाइते भएकी सारुको उपचारका क्रममा बिहीबार देवदह मेडिकल कलेजमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले बताए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *