मापसे चेक जाँचमा कडाइ, १८९ चालक कारबाहीमा
फाइल फाेटाे।
काठमाडौँ। तिहार नजिकिएसँगै ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा मादक पदार्थ सेवन गरेर सवारी चलाउनेमाथि कारबाही तीव्र पारेको छ । प्रहरीले बिहीबार मात्र एकैदिन १८९ जना सवारी चालकलाई कारबाही गरेको हो।
लेन अनुशासन पालना नगर्ने ७६ सवारी चालक पनि कारबाहीमा परेका छन्। सडक बत्ती सम्बन्धी नियम पालना नगर्ने ५०, हर्न बजाउने १३८, नम्बर प्लेट मेटिएका, छोपिएका लगायतका २३५ चालकलाई कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment