देवकोटाको एक सय १४औँ जन्मजयन्तीः स्रष्टा सम्मान अर्पण कार्यक्रम

डिसी नेपाल
४ कार्तिक २०७९ २०:३९
32
Shares

काठमाडौं । शान्ति अहिंसा, लोकतन्त्र र मानव अधिकारका लागि क्रियाशील स्वयंसेवी संस्था मानव अधिकार तथा शान्ति समाजद्वारा स्रष्टा सम्मान अभियानअन्तर्गत स्थापित पुरस्कारहरू आज काठमाडौँ र दाङबाट प्रदान गरिएको छ ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाको एक सय १४औँ जन्मजयन्तीको सेरोफेरोमा राजधानीमा आयोजित कार्यक्रममा कृष्णकुमारी दाहाल शान्ति स्रष्टा सम्मान– धीरेन्द्र प्रेमर्षि (सिरहा), ज्ञानप्रसाद खनाल सहिष्णुता स्रष्टा सम्मान–गोपाल अश्क (गोपालप्रसाद सर्राफ) (पर्सा), महाप्रसाद रिजाल लोकतन्त्र स्रष्टा सम्मान–हरिबहादुर थापा (काभ्रे), मानबहादुर रावल वातावरण स्रष्टा सम्मान–गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’ (काठमाडौँ), पवित्रादेवी चौलागाईं मानव अधिकार स्रष्टा सम्मान–त्रिभुवनचन्द्र वाग्ले, (तनहुँ), राधादेवी दाहाल स्रष्टा सौगात–उषा हमाल (सल्यान), गणेशबहादुर श्रेष्ठ स्रष्टा सौगात–शशिकला मानन्धर (काठमाडौँ), भूमिप्रसाद बराल स्रष्टा सौगात–गणेशकुमार राई (ओखलढुङ्गा), जनककुमारी रेग्मी स्रष्टा सौगात–गङ्गा कर्माचार्य पौडेल (स्याङ्जा), श्रीप्रसाद दाहाल स्रष्टा सौगात फूलकुमारी थापा मगर (तनहुँ) लार्ई प्रदान गरिएको हो ।

यसैगरी चन्द्रकला खनाल अहिंसा स्रष्टा सम्मान÷पुरस्कार प्राडा नारायणप्रसाद खनाल (बागलुङ) हाल नेपालबाहिर रहेकाले उनका प्रतिनिधिलाई हस्तान्तरण गरिएको थियो । शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, उच्च अदालतका पूर्वमुख्य न्यायाधीश शेषराज सिवाकोटी, शान्ति समाजका सभापति गोविन्द खनाल, संस्थापक महासचिव सुवास ढकाल, स्रष्टाहरू अशेष मल्ल, श्रवण मुकारुङ, अर्जुन पराजुली, प्रमोद प्रधान, नन्दकृष्ण जोशी, विना थिङ तामाङले पुरस्कृत स्रष्टाहरूलाई सम्मानपत्रसहित पुरस्कार नगद प्रदान गरेका थिए।

कार्यक्रममा महाकवि लक्ष्मीप्रसाद देवकोटाको कृति सम्बन्धमा विद्यावारिधि गरेका शान्ति समाजका पूर्वसभापति डा गङ्गाधर अधिकारीले महाकवि लक्ष्मीप्रसाद देवकोटाको साहित्यक योगदान सम्बन्धमा प्रकाश पारेका थिए भने स्रष्टा रत्ननिधि रेग्मी र मेनका पोख्रेलले महाकवि देवकोटाप्रति श्रद्धासुमन अर्पण गर्दै कविता वाचन गरेका थिए । कवि अर्जुन पराजुलीले समसामयिक विषयमा केन्द्रित रही कविता प्रस्तुत गरेका थिए ।

शान्ति समाजद्वारा स्रष्टाहरुलाई पुरस्कृतरसम्मानित गर्दा कम्तीमा आधा महिला स्रष्टा हुनुपर्ने (सातजना), प्रत्येक प्रदेशबाट एकजना हुनुपर्ने (सात प्रदेशबाट सातजना), अनिवार्य प्रावधान रहेको छ भने विभिन्न भाषामा योगदान गर्ने स्रष्टालाई पुरस्कृत गर्ने नीति रहेको छ ।

यस क्रममा यस वर्ष नेपाली भाषाका साथै संस्कृत, मैथिली, भोजपुरी, थारू, नेवारी, वाम्वुले राई र मगर भाषाको प्रवद्र्धनमा उल्लेखनीय योगदान गर्ने स्रष्टालाई सम्मान गरिएको छ । प्रत्येक वर्ष महाकवि लक्ष्मीप्रसाद देवकोटा जन्मजयन्तीको सेरोफेरोमा पुरस्कार अर्पण कार्यक्रम आयोजना गर्ने परम्परा रहेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *