अमेरिकामा नेपाली संस्थाका प्रमुखहरुको तिहारमा शुभकामना, रमाइलो खेल (भिडियोसहित)

डिसी नेपाल
६ कार्तिक २०७९ ७:४१

वासिंगटन डिसी। अमेरिकाका विभिन्न राज्यमा बसोबास गर्ने नेपालीहरु संगठित भएका विभिन्न संस्थाका प्रमुखहरुले आआफ्नो संस्थाका कामहरु सहित नेपालीहरुको महान चाड दीपावलीका उपलक्ष्यमा शुभकामना आदान प्रदान गरेका छन्। यो कार्यक्रममा नेपाली मूलका निर्वाचित स्थानीय जनप्रतिनिधिहरु पनि सहभागी थिए।

डिसी नेपालको आवर लेन्स कार्यक्रममा सहभागी भएर उनीहरुले महान चाडमा आपसी एकता, सद्भाव र प्रवासमा आपसी सौहार्दताका लागि शुभकामना आदान प्रदान गरेका थिए।

कार्यक्रमको सुरुमै वासिंटन डिसीस्थित नेपाली नियोगका उप प्रमुख कुमार खरेलले प्यानलमा उपस्थितसहित बिश्वभर छरिएर बसेका नेपाली भाषी सबैमा दीपवली र अन्य आउँदैगरेका चाड पर्वको शुभकामना व्यक्त गरेका थिए।

सोसाइटी अफ नेप्लिज नर्सेस इन अमेरिकाकी अध्यक्ष मन्जु संग्रौला, अमेरिका नेपाल मेडिकल फाउन्डेसनका अध्यक्ष डा.बिनोद खड्का, नेपाली घर ( कोलोराडो) का अध्यक्ष जगदीश ढकाल ,अमेरिकन सोसाइटी अफ नेप्लिज इन्जिनियरको तर्फबाट अध्यक्ष सूर्य थापा, एसोसिएसन अफ नेप्लिज एग्रिकल्चर इन अमेरिकाका अध्यक्ष डा.मेघनाथ पराजुली, लायनन्स क्लबको प्रतिनिधित्व गर्दै अमेरिकाका पहिलो नेपाली डिस्ट्रिक्ट गभर्नर लायन राजन थापा, युएस नेपाल पोलिसी रिसर्च सेन्टरकी अध्यक्ष जगदम्बा अधिकारी, अमेरिकी जन प्रतिनिधि ( ब्रान्ड्फोर्ड टाउन काउन्सिल मेम्बर (डिस्ट्रीक्ट ४) का रामचन्द्र श्रेष्ठ , ब्लड डोनर्स एसोसिएसन अफ अमेरिकाका अध्यक्ष डा.लीलाराज दाहाल, अमेरिकाको इण्डियन हेड शहरका उपमेयर किरण सिटौला, नेक्सस इन्स्टिच्युट अफ रिसर्च एन्ड इनोभेसनका प्रतिनिधि डा.तारा सिग्देल , ए एन ए अध्यक्ष विजयराज भट्टराई, एनआरएनएका बरिष्ठ उपाध्यक्ष कृष्णजिवी पन्तले शुभकामना मन्तव्य राखेका थिए। कार्यक्रमको अन्तमा कार्यक्रम सञ्चालक अर्जुन दाहालले तिहारकै सेरोफेरोमा रमाइलो खेल पनि खेलाएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *