१४.३५ अंकले बढ्यो सेयर बजार, कारोबार रकम ५१ करोड ६८ लाखमा सिमित

डिसी नेपाल
६ कार्तिक २०७९ १५:३९

काठमाडौँ। साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार बढेको छ। आज नेप्से १४.३५ अंकले बढेर १ हजार ८५८.४९ विन्दुमा पुगेको हो।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २२१ कम्पनीको १५ लाख ३८ हजार ४२ कित्ता सेयर खरिद बिक्री हुँदा ५१ करोड ६८ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी एभरेष्ट बैंकको भएको छ। यसको आज ८ करोड १६ लाखभन्दा बढीको कारोबार भएको छ।

आइतबारको कारोबारमा १३ वटा उपसुचकमध्ये होटल एण्ड पर्यटन र म्युचुअल फण्ड उपसुचक बाहेक सबै उपसुचक बढेको छ। आजको कारोबारमा रुरु जलबिद्युत र सयपत्री हाइड्रोपावरको सेयर भाउ १० प्रतिशतले बढेको छ। यस कम्पनीका लगानीकर्ताले अत्यधिक अत्यधिक कमाएका छन्। यस्तै, सिटिजन्स बैंकम्युचुअल फण्ड र अभियान लघुवित्तका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *