सल्यानमा जिप दुर्घटना हुँदा ८ जना घाइते

डिसी नेपाल
६ कार्तिक २०७९ १७:१३
20
Shares

सल्यान- सल्यानमा जिप दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । दुर्घटनामा तीनको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

दाङको तुलसीपुरबाट रोल्पाको सिमपानी जाँदै गरेको लु १ ज १४२४ नम्बरको जिप कपुरकोट गाउँपालिका १ सारपानी गर्पाको खोरबारेस्थित कच्ची सडकमा आइतबार दिउँसो २ बजेतिर दुर्घटना भएको हो ।

घाइते हुनेमा रोल्पाको त्रिवेणी गाउँपालिका २ सिमखोलीका वर्ष ४२ की नीमकुमारी बुढा, वर्ष २५ की रीमाकुमारी बुढा, वर्ष १२ की प्रगति घर्ती, वर्ष ४८ का खड्कबहादुर बुढा, वर्ष २२ की झरना घर्ती, ५४ का बम घर्ती, ४६ का रनवीर घर्ती, ५१ वर्षका गंगाप्रसाद राना छन् ।

घाइते भएका सबैलाई स्थानीय र प्रहरीको सहयोगमा उद्धार गरी दाङस्थित अञ्चल अस्पतालमा पठाइएको छ । जिप सडकभन्दा करिब ५० मिटर तल खसेको थियो । जिपमा १५ जना सवार थिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *