प्रभु बैंकले कमायो ७७ करोड खुद नाफा

डिसी नेपाल
७ कार्तिक २०७९ १०:४६

काठमाडौं। प्रभु बैंकले चालु आव २०७९/८० को पहिलो त्रैमासमा ७७ करोड २९ लाख रुपियाँ खुद नाफा आर्जन गरेको छ । बैंकले गत आवको सोही अवधिमा ५७ करोड ७४ लाख रुपियाँ खुद नाफा कमाएको थियो।

बैंकद्वारा आज प्रकाशित पहिलो त्रैमासको अपरिस्कृत वित्तीय विवरण अनुसार ३० करोड ९३ लाख रुपियाँ वितरण योग्य नाफा कमाएको छ । १ खर्ब ७८ अर्ब ६५ करोड रुपियाँ निक्षेप संकलन गरी १ खर्ब ५१ अर्ब ८ करोड रुपियाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा बैंकको खराब कर्जा अनुपात १.६८ प्रतिशत रहेको छ ।

यसैगरी, चालु आवको पहिलो त्रैमासमा बैंकको आधारदर, १०.५१ प्रतिशत, स्प्रेडदर ३।९८ प्रतिशत, सीडी रेसियो ८४.३२ प्रतिशत र प्रतिसेयर आम्दानी २२ रुपियाँ १९ पैसा रहेको आज प्रकाशित वित्तीय विवरणमा उल्लेख छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *