केपी ओली बयलगाडा प्रवृत्तिबाट माथि उठ्न सकेनन्ः माधव नेपाल

डिसी नेपाल
७ कार्तिक २०७९ १४:५७

काठमाडौं– नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल एमाले अध्यक्ष केपी ओलीविरुद्ध आक्रोश व्यक्त गरेका छन् ।

बागमती प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सोमबार सम्बोधन गर्दै अध्यक्ष नेपालले एमाले अध्यक्ष ओली बयलगाडा प्रवृत्तिबाट माथि उठ्न नसकेको टिप्पणी गरेका छन् ।

संविधान र राज्यभन्दा माथि आफूलाई ठान्ने ओलीमा हिटलर प्रवृत्ति देखापरेको आरोप लगाउँदै उनले केही समयमा हिटलरशैलीमै ओलीको अहंकार आफैं समाप्त हुुने बताए ।

सत्तारुढ गठबन्धनका उम्मेदवारलाई आगामी ४ मंसिरमा हुने निर्वाचनमा निर्वाचित गर्न नसके प्रतिगमनकारीको मनोबल बढ्ने अध्यक्ष नेपालको भनाइ छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *