महोत्तरीको भंगहा घटनाका विषयमा ८ बुँदे सहमति

डिसी नेपाल
११ कार्तिक २०७९ १५:२०

काठमाडौं । महोत्तरीको भंगहा नगरपालिका-८ मा दुई समुदायबीच भएको विवादमा सहमति जुटेको छ । स्थानिय मुस्लिम समुदाय र हिन्दु समुदायबीच शुक्रबार दुई पक्षबीच ८ बुँदे सहमति भएको हो ।

असमझदारी र झडपको स्थितिलाई नियन्त्रण गरी सामाजिक सद्भाव कायम गर्न घटनामा सम्बद्ध दुबै पक्षलाई र आम नागरिकलाई आह्वान गर्ने सहमति भएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले जानकारी दिए ।

बिहीबार दुई समुदायबीच झडप तनावग्रस्त बनेपछि स्थिति नियन्त्रणमा लिन प्रशासनले कर्फ्यू समेत लगाएको थियो ।

हिन्दू सम्राट सेनाले शोभायात्रा निकालेको बेला अर्का समुदायका व्यक्तिहरु पत्थरबाजी गरेपछि झडप सुरु भएको महोत्तरी प्रहरीले जनाएको छ।

स्थिति नियन्त्रणमा लिन ठूलो संख्यामा रहेका प्रहरीले दर्जनौं सेल आसुग्यांस र हवाई फायरसमेत गर्नुपरेको थियो । तर पनि स्थिति नियन्त्रणमा नआएपछि प्रशासनले बिहिवार अपरान्ह देखी कर्फ्यू आदेश जारी गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *