प्राइम कमर्सियल बैंकको खुद नाफा १०.६१ प्रतिशतले घट्यो

डिसी नेपाल
१३ कार्तिक २०७९ ९:३६

काठमाडौँ। प्राइम कमर्सियल बैंकको आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।  सार्वजनिक गरेको विवरण अनुसार बैंकको खुद नाफामा गिरावट आएको छ।

बैंकको खुद नाफा १०.६१ प्रतिशतले घटेर ८७ करोड ४१ लाख ७० हजार रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्षको यसैअवधिमा बैंकले ९७ करोड ७९ लाख ३४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। यो समिक्षा अवधिमा बैंकको इम्पेरिमेन्ट चार्ज बढेको र सञ्चालन नाफा घटेको हुनाले खुद नाफा प्रभावित भएको देखिन्छ।

एक वर्षको अवधिमा खुद ब्याज आम्दानी भने बढेको छ। खुद ब्याज आम्दानी ३४.४९ प्रतिशतले बढेर १ अर्ब ८८ करोड ५३ लाख २८ हजार रुपैयाँ पुगेको छ। असोज मसान्तसम्म आइपुग्दा बैंकको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ५० पैसाले घटेर ११ रुपैयाँ ८२ पैसामा आएको छ। प्रतिसेयर नेटवर्थ १५२ रुपैयाँ ४५ पैसा छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *