महिला कर्मचारीलाई ‘मोटी भयौ, जिम जाउ’ भन्दा नराम्रोसँग फसे हाकिम !

डिसी नेपाल
१३ कार्तिक २०७९ १७:०१

काठमाडौं । महिला कर्मचारीलाई ‘मोटी’ भन्नु एकजना हाकिमलाई भारी परेको छ । उनले महिलालाई ‘मोटी’ भन्दै जिम जान सल्लाह दिन्थे । अफिसमा बोसको अभद्र व्यवहारबाट दिक्क भई महिलाले उनीविरुद्ध अदालतमा मुद्दा दायर गरिन् ।

सुनुवाइपछि न्यायाधीशले हाकिमविरुद्ध फैसला सुनाएका छन् । न्यायाधीशले महिला कर्मचारीलाई २९ लाख रुपैयाँ क्षतिपूर्ति दिन मालिकलाई आदेश दिएका छन् ।

३५ वर्षीया महिला कर्मचारीको नाम आयशा जमानी हो । स्कटल्याण्डको ग्लासगो निवासी जमानील आफ्नो हाकिम ४५ वर्षीय शहजाद युनिसले अफिसमा आफूलाई ‘मोटी’ र अन्य अपमानजनक नामले बोलाउने गरेको आरोप लगाएकी थिइन् । उनले महिलालाई पटकपटक अश्लिल म्यासेज पनि पठाए ।

जमानीले आफूलाई हाकिमले शरीरलाई लिएर लज्जित पारेकोआरोप लगाएकी छिन् । अफिसमा स्लिम र सुन्दर युवती चाहिन्छ भन्थे । जमानीलाई मोटो र कुरूप भन्थे ।

‘डेली रेकर्ड’का अनुसार यो क्रम झण्डै दुई वर्षसम्म चलेको थियो । यी सबैले महिलाको मानसिक स्वास्थ्यमा नराम्रो प्रभाव पारेको छ । अन्ततः दिक्क भएर कपडा फर्ममा काम गर्ने आयशा जमानीले आफ्नो मालिक विरुद्ध अदालतमा मुद्दा दायर गरिन् । उनले युनुसले आफ्ना कर्मचारीहरूलाई बारम्बार धम्की दिने र उनीहरूलाई दास जस्तै व्यवहार गरेको दाबी गरिन्।

भर्खरै यस मुद्दामा फैसला सुनाउँदै अदालतले मालिक शहजाद युनुसको आचरण ‘अपमानजनक र आपत्तिजनक’ भएको बताएको छ। साथै अदालतले जमानीलाई १९ हजार पाउण्ड क्षतिपूर्ति तिर्न आदेश दिएको छ । यसैबीच हाकिमले जमानीलाई हिनामिना गरेको आरोप लगाए पनि प्रमाणित गर्न सकेनन् । अहिले जमनीले क्षतिको विवरण आउन बाँकी छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *