अर्डर गरेको खाना ल्याइरहेका डेलिभरी ब्वायले ‘खाना मिठो थियो मैले खाएँ’ भनेपछि…

डिसी नेपाल
१४ कार्तिक २०७९ १२:०३

काठमाडौं । एक व्यक्तिले अनलाइन खाना अर्डर गरे। अर्डर गरेपछि उनी डेलिभरीको पर्खाइमा बसेका थिए । उनलाई धेरै भोक लागेको थियो । त्यसपछि उनलाई डेलिभरी ब्वायको म्यासेज आयो । यो म्यासेज पढेर उनी छक्क परे, किनभने डेलिभरी ब्वायले बिचमै अर्डर गरेको खाना खाइसकेको थियो ।

डेलिवरी ब्वाय र ग्राहकबीचको यो च्याटको स्क्रिनसट सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । पहिलो डेलिभरी ब्वायले च्याटमा लेख्छ- माफ गर्नुहोस्। त्यसमा ग्राहकले सोधे–के भयो ? यसको जवाफमा डेलिभरी ब्वायले लेखे– खाना एकदमै स्वादिष्ट थियो । मैले खाएँ। तपाईले यस बारे कम्पनीमा गुनासो गर्न सक्नुहुन्छ।

अनलाइन फूड डिलिवरी कम्पनी डेलिभरुका कर्मचारीको म्यासेज पढेपछि ग्राहकले भने–तिमी एकदमै नराम्रो मान्छे हौ । यसको जवाफमा उसले भन्यो- मलाई यसको मतलब छैन।

‘द सन’का अनुसार यो मामला बेलायतको हो। अर्डर गर्ने व्यक्तिको नाम लियाम ब्यागनल हो। उनलाई धेरै भोक लागेको थियो । त्यसैले उनले डेलिभरुबाट खाना अर्डर गरे। तर डिलिवरी ब्वायले यो खाना बाटोमै खायो। यति मात्र होइन, उनले आफ्नो अर्डर नआउने भन्दै अगाडिबाट म्यासेज गरेर ग्राहकलाई जानकारी गराए ।

लियाम ब्यागनलले ट्विटरमा डेलिभरी ब्वाईसँगको आफ्नो च्याटको स्क्रिनसट सेयर गरेका छन्। उनको यो ट्विटलाई अहिलेसम्म १ लाख ८० हजारभन्दा बढीले लाइक गरेका छन् । यसमा हजारौं प्रयोगकर्ताले प्रतिक्रिया पनि दिएका छन् ।

डेलिभरुले पनि लियामको ट्वीटको जवाफ दिएको छ। डेलिभरुले लेखेको छ – यो कुरा हाम्रो जानकारीमा ल्याउनुभएकोमा धन्यवाद। राइडर अपरेसन टोलीले यसलाई हेर्न चाहन्छ, कृपया घटनाको बारेमा थप जानकारीको लागि हामीलाई तपाईंको नम्बर पठाउनुहोस्। यससँगै कम्पनीले ग्राहकसँग माफी पनि मागेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *