एनईसीसीले अमेरिकाको मेरिल्याण्डमा मनाइयो छठ पर्व (फोटोफिचर)
मेरिल्यान्ड । अमेरिकामा यस वर्षको छठ पर्व अझ भब्य रुपमा मनाइएको छ । अमेरिकाका केही राज्य तथा शहरहरूमा मात्र मनाइँदै आएको छठ पर्व यस वर्षदेखि अमेरिकाका विभिन्न भागमा बिभिन्न शहरहरुमा व्यापक रुपमा मनाइएको छ ।
छठ पर्व मनाउने क्रममा अमेरिकाको मेरील्यान्डस्थित पशुपति बुद्ध मन्दिर परिसर जर्मनटाउनमा विदेशमा रहेर पनि आफ्नो धर्म कला संस्कृतिलाई जोगाएर राख्नका लागि तथा नेपाली मधेशी संस्कृतिलाई विश्व सामु चिनाउन नेपाल शिक्षा तथा सास्कृतिक केन्द्रको विशेष अगुवाईमा नेपाल मै मनाउने जस्तै गरी उत्साहजनकरुपमा छठ पर्व मनाएका छन् ।

त्यहाँ रहेका नेपालीभाषीको उल्लेख्य उपस्थितिमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ गायक प्रेमराजा महतको उपस्थितिमा विधिपूर्वक छठ पर्व मनाइएको थियो।
शुक्रबार बाट शुरु भएको पर्व ४ दिनसम्म बिभिन्न पूजा आजा गरेर मनाइयो। शनिबार बेलुका खर्ना, आइतबार “सँझिया घाट” को विधि अस्ताँउदै सूर्यलाई र सोमबार बिहान उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएर सम्पन्न भयो। पवित्रता, निष्ठा र आस्थाको पर्व छठ तराईको ठूलो पर्व हो ।

सुरुका दिनमा नेपालभित्र पनि मधेसका जिल्लामा मात्रै मनाइँदै आइएको छठ पर्वले व्यापता पाउँदै गएको छ। अहिले छठ पर्व मुलुकभर मनाउन थालिएको छ। विशेष गरी मुलुकमा गणतन्त्रको स्थापना भएसँगै छठ पर्वले व्यापकता पाएको हो।





No ads found for this position

डिसी नेपाल
Facebook Comment