राप्रपाको घोषणा पत्र र संकल्प गरेका प्रतिबद्धताहरु नै प्रतिस्पर्धीलाई परास्त गर्ने मेरो अस्त्र हो : रावत(अन्तर्वार्ता)

डिसी नेपाल
१६ कार्तिक २०७९ १९:०४

राष्ट्रिय प्रजातन्त्र पार्टीले दिएको जिम्मेवारि सफलतापूर्वक निर्वाह गर्दै आएका श्री भुपाल रावत विभिन्न संघ संस्थामा आवद्ध छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी को तर्फबाट दाङ जिल्ला क्षेत्र नं. ३–२(ख) का प्रदेश सभाका प्रत्यक्ष उम्मेद्वार रावतसंग लिएको कुराकानीको सारसंक्षेप प्रस्तुत गरिएको छ ।

तपाईको उम्मेद्वारी किन ?

राष्ट्रियताको रक्षा, व्यक्तिगत स्वतन्त्रता, मानव अधिकार र शान्ति सुरक्षा तथा यस क्षेत्रको समग्र विकास र जनताको स्तर उन्नतिको लागि मेरो उम्मेद्वारी हो ।

पदमा नभए पनि समाजसेवा गर्न सकिदैन ?

मैले यस क्षेत्रको विकास र जनताको सुखदुखमा लामो समयदेखि आफुले सक्दो सहयोग र साथ दिंदै आएको छु । यस क्षेत्रका सम्पूर्ण आदरणीय जनताहरुलाई यो कुरा थाहा छ ।

तपाईको जित सुनिश्चित छ ?

मैले यस क्षेत्रका जनताको सुखदुखमा लामो समयदेखि साथ दिंदै आएको छु । यस क्षेत्रको समग्र विकासको लागि क्रियाशील छु । यहाँको स्वास्थ्य क्षेत्र, यातायात, सडक, सिंचाई, पिउने पानीको लागि सधैं समर्पित छु । जनताको सुखदुखमा साथ दिंदै आएको छु म अहिलेसम्म राजनीतिक कुनै पदमा नरहँदा पनि सम्पूर्ण जनताको सेवाको लागि काम गर्दै आएको छु । तसर्थ सम्पूर्ण यस क्षेत्रका मतदाताहरुले मलाई मतदान गरी विजय गराउनु हुने छ । म यसमा ढुक्क छु । तसर्थ मेरो जित सुनिश्चित छ । म अत्याधिक मत प्राप्त गरेर विजयी हासिल गर्ने छु ।

तपाईका एजेण्डा के छन् ?

मैले यस क्षेत्रलाई नेपालकै नमुना क्षेत्र बनाउने छु । यस क्षेत्रको उत्तरतिर धार्मिक पर्यटकीय स्थल, जडिबुटी प्रशोधन केन्द्र, जलाधरको लागि भमके खोला ,बागर खोला हाईड्याम बाँध्ने छु । यस भित्र रहेका सानातिना खोलानाला, मूलका मुहानहरुलाई संरक्षण गरी प्रशस्त मात्रामा सिंचाई र स्वच्छ पिउने पानीको मुहानको रुपमा परिणत गर्ने छु । यहाँ भएका खोला, नाला, नदी सबैमा पुल, कल्भर्ट बनाउने छु । वृहत खानेपानी योजना, वृहत सिचाई, यस क्षेत्रमा एउटा सुबिधा सम्पन्न अस्पताल बनाउन पहल गर्न छु । पुरानो बिद्यालय श्रीगाउ माबिलाई विश्वविद्यालयको रुपमा परिणत गर्नमा पहल गर्ने छु । यस क्षेत्रमा जडिबुटी प्रशोधन केन्द्र राखिने छ । ऐतिहासिक र महत्वपूर्ण धार्मिक पर्यटकीय स्थलहरुको विकास गर्नेछु ।

प्रकृतिजन्य दह, ताल, तलैयाहरुको संरक्षण गर्नेछु । दक्षिणतिर बबई नदीको आसपासमा औद्योगिक क्षेत्र बनाउने छु, त्यसैगरी बबैइ , दंगीशरण , शान्तिनगरलाई औद्योगिक कृषि क्षेत्र र हापुरे बजारलाई ब्यबस्थीत शहरको रुपमा चिनाउने मेरो लक्ष्य छ ।दक्षिणतिरको भागमा कृषि पशुपालनको लागि विकास गर्ने मेरो सोच रहेको छ । यस प्रदेशलाई भ्रष्टाचारमुक्त प्रदेश बनाउने मेरो प्रतिबद्धता छ । त्यसैगरी मैले राज्यबाट पाउने सेवा सुविधा आफुले नलिई अनाथहरुको संरक्षणको लागि लगाउने छु । मलाई विश्वास छ मेरा एजेण्डाहरु पूरा गर्नको लागि यस क्षेत्रका मतदाताहरुले मलाई आफ्नो अमूल्य मत दिई विजय गराउनु हुने छ । चुनावमा जितेर जाने नेताहरुले कहिल्य पनि जनताको आत्मदानलाई कदर गर्न नसकेकोप्रति मेरो दुख छ । जनताको मतलाई सम्मान गर्नका लागि म चुनावमा उम्मेद्वार बनेको हुँ ।

 प्रसंग बदलौ राप्रपा सधैं फुट्दै जानुको कारण के ?

राप्रपामा सैद्धान्तिक मतभेद छैन समान्य ब्यतित्व टकराबको कारण त्यसो देखिएको मात्र हो बास्तवमा राप्रपा का कार्यकर्ता सधै एकताको पक्षमा छन । प्रजातन्त्रमा सबैलाई दल खोल्ने अवसर हुन्छ तर हाम्रो दलमा त्यो चर्चा क्षणिक मात्र हो ।

 तपाईहरुबाट टुक्रियर गएको राप्रपा नेपाल मिल्ने सम्भावना कत्तिको छ ?

सबै नमिलेर सुखै छैन । ढिलो चाँडो सबै एउटै स्थानमा हुनै पर्छ । राप्रपा नेपालले राप्रपालाई कुनै असजिलो पार्न सक्दैन सवै कार्यकर्ता र जनताहरुले बुझीसकेका छन् ।
 

तपाई राप्रपा जस्तो अनुभवी दक्ष नेतृत्व भएको पार्टीको उम्मेद्वार भएको हैसियतले अहिलेको राजनीतिक अवस्थालाई कसरी हेर्नुभएको छ ?

अहिलेको राजनीतिक अवस्थालाई मैले हेर्दा अझै डामाडोल नसकिएको अवस्था छ । जनआन्दोलन दुई पछि मानिसमा आशा पलाएको थियो । समयमै संविधान र शान्ति प्रक्रियाले मुर्तरुप पाउँछ र जनतालाई गास बास कपासको ग्यारेन्टी हुन्छ भन्ने थियो । तर त्यो हुन सकेन यसको जिम्मेवार मुख्य राजनीतिक दल नै हुन । निश्चित उद्देश्यका लागि दलहरु एक ठाउँमा भएर दोस्रो जनआन्दोलन गरे । तर दुर्भाग्यवस राष्ट्र र राष्ट्रियताको लागि दलहरु एकै ठाउँ भएर समग्र राष्ट्रको विकास गर्नुपर्नेमा स्वार्थ पुरा हुना साथ विभिन्न ध्रुवमा देखा परे । यही नै नोपलीको दुर्भाग्य हो ।

 तपाईको पार्टीलाई राजावादीसँग नजिक भएको पार्टी भनेर पनि आरोप लगाउँछन् नि, यसलाई कसरी हेर्नुभएको छ ?

हेर्नुहोस् यो कुनै सन्देहको कुरा होइन । हाम्रो पार्टिको मुल एजेण्डा नै संबैधानिक राजसंस्था हो । अहिले आएर राजा हामीलाई भन्दा ठूला दलहरुलाई चाहिएको छ । हामीले त नेपालमा भएको परिवर्तनलाई आत्मसाथ गरेका छौं । वास्तममा नोपली जनताले दोस्रो जनआन्दोलनमा राजा र धर्मलाई फाल्नको लागि गरेका होइनन् सक्रिय राजतन्त्रको अन्त्यको लागि मात्र गरेका हुन । दुर्भाग्यवस २÷४ जना नेताहरुको गलत प्रवृत्तिले गर्दा राजसंस्था र ९०% हिन्दु भएको मुलुक धर्मनिरिपेक्ष हुन गयो । ठिलो चाँडो यिनैले नै हिन्दु राज्य बनाउनु पर्दछ । यदि बनाएनन् भने देशले ठूलो मूल्य चुकाउनु पर्दछ । म विश्वस्त छु नेपालमा हिन्दु राज्य र संबैधानिक राजसंस्थाको पुनस्थापना हुन्छ । धर्म र राष्ट्रको लागि मेरो उम्मेद्वारी हो ।
यस पटकको निर्वाचनमा जनताहरु खासै उत्साहित छैनन् यसमा उम्मेद्वारको दोष हो या पार्टीहरुको ?

दङ्गाली जनता, अझ त्यसमा पनि दाङ जिल्ला क्षेत्र नं. ३का सम्पूर्ण आमावुवा, दाजुभाई, दिदीबहिनी सबै सचेत भई सक्नु भएको छ । पहिलेको चुनावको जस्तो तडकभडक केही देखिदैन । सचेत मतदाताले बिना तडकभडक यही मंसिर ४को निर्वाचनमा मतदान सौहार्दपूर्ण वातावरणमा गर्नुहुने छ, यस क्षेत्रका जुनसुकै आस्था, विचार बोकेका व्यक्ति भए पनि अत्यधिक बहुमतका साथ मलाई विजयी गराउनु हुनेछ भन्ने मैले विश्वास लिएको छु ।

अन्त्यमा के ही भन्नु छ ?

धर्म र राष्ट्रको लागि मेरो उम्मेद्वारी हो । तसर्थ यस क्षेत्रका जुनसुकै आस्था र विचारको व्यक्ति भएपनि समुन्नत राष्ट्र र प्रजातन्त्रका लागि युगिन मतदानको घडीमा विवेकशील हुनुहुन्छ भन्ने मैले विश्वास लिएको छु ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *