कांग्रेस नेता विष्ट विशेष जिम्मेवारीसहित डोटी खटाइए
डोटी । नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य आनन्द विष्टलाई केन्द्रीय प्रतिनिधिको विशेष जिम्मेवारी प्रदान गर्दै पार्टीले डोटी खटाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका तर्फबाट विशेष जिम्मेवारी प्रदान गर्दै विष्टलाई डोटी पठाएका हुन् ।
डोटी जिल्लाको प्रतिनिधि सभातर्फ र प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर २ का मतदाताले पार्टीलाई प्रत्यक्षतर्फ मतदान गर्ने अवस्था नरहेकाले समानुपातिकतर्फ नेपाली कांग्रेसको रुख चिन्हमा मतदान गर्नका लागि प्रेरित गर्न भन्दै विष्टलाई विषेश जिम्मेवारी दिएको कांग्रेसले जनाएको छ ।
‘तपाईं आफू खटिएको क्षेत्रमा निरन्तर उपस्थित रही समानुपातिक उम्मेदवारका पक्षमा अधिकतम मत खसाल्ने वातावरण बनाउन सम्बन्धित क्षेत्रको पार्टीका सबै तहका साथीहरूबीच सद्भाव, सौहार्दता एवं हार्दिकता कायम गर्दै निर्वाचन परिचालन गर्नु हुनेछ भन्ने विश्वास लिएको छु,’ सभापति देउवाले प्रदान गरेको पत्रमा भनिएको छ । विष्टलाई जिल्लामा रहेका पार्टीका सबै संगठनलाई परिचालन गरि आवश्यक सहयोग लिन पार्टीको निर्देशन रहेको छ ।

No ads found for this position

डिसी नेपाल
Facebook Comment