प्रचण्ड भन्छन्ः ‘मैले गोरखामा प्रतिस्पर्धी नै देखिनँ’

डिसी नेपाल
१८ कार्तिक २०७९ १८:०४

गोरखा । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष तथा गोरखा क्षेत्र नं २ का उम्मेदवार पुष्पकमल दाहाल प्रचण्डले गोरखामा आफ्नो कुनै प्रतिस्पर्धी नै नदेखिएको बताएका छन् । गोरखा सदरमुकाममा आज भएको पत्रकार सम्मेलनमा  उनले हालसम्म प्रतिस्पर्धीलाई देख्ने र चिन्ने अवसर नै नपाएको भन्दै कटाक्ष गरेका हुन् ।

उनले आफू बारम्बार गोरखाका हरेक गाउँबस्तीमा पुग्दा समेत आफ्नो कुनै प्रतिस्पर्धी नभेटाएको बताए । उनले भने,‘गोरखामा आउँदा जाँदा अरु कुनै उम्मेदवारको चहल पहल नै देख्दिन । मैले त यहाँ अझैसम्म मेरो प्रतिस्पर्धी नै भेटाएन ।’ गोरखाको क्षेत्र नं २ मा आफ्नो  प्रतिस्पर्धी नै नभएको उनको भनाइ छ ।

केही समय अगाडि स्वतन्त्र उम्मेदवारी दिने बताउँदै आएका अब्दुस मियाँले गोरखा २ मा एमालेबाट उम्मेदवारी दिएका छन् । उनी एमाले प्रवेश गरी हाल सोही क्षेत्रबाट उम्मेदवारी दिएका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *