विकासका लागि भ्रष्टाचार नियन्त्रण आवश्यकः सिके राउत

डिसी नेपाल
१८ कार्तिक २०७९ २२:२१

मोरङ । जनमत पार्टीका केन्द्रीय अध्यक्ष सिके राउतले मुलुकको विकासका लागि भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्नुपर्ने बताएका छन् ।

विराटनगर–६ स्थित रामपुरमा आज अपराह्न आयोजित सभालाई सम्बोधन गर्दै उनले पार्टी उम्मेदवारलाई निर्वाचनमा विजयी गराई मुलुकमा रहेको भ्रष्टाचारको जरो उखेल्ने कार्यमा सहयोग पु¥याउन आग्रह गरे । उनले सङ्घीयता स्वायत्ताका साथ लागू भएमा सुकुम्वासीका समस्या समाधान हुने धारणा राख्दै किसान, मजदुरको हकअधिकारका लागि लड्ने यो पार्टीका उम्मेदवारलाई विजयी बनाई नीति निर्माण तह पु¥याउनुपर्नेमा जोड दिए ।

अध्यक्ष राउतले युवाहरुलाई वैदेशिक हैन स्वदेशमै घरघरमा रोजगारी र मुलुकमा चमत्कार किसिमले विकासको पूर्वाधार निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्दै अरुलाई धेरै पटक मौका दिइसकेकोमा यस पटक आफ्नो पार्टीका उम्मेदवारहरुलाई विजयी गराउन आग्रह गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *