अमेरिकाको डेनभरमा सुरसुधाको ‘हिलिङ थ्रु म्युजिक कन्सर्ट’

डिसी नेपाल
१९ कार्तिक २०७९ १४:२०

काठमाडौं । अमेरिकाको डेनभर शहरमा सुरसुधाको हिलिङ थ्रु म्युजिक कन्सर्ट हुने भएको छ । डेनभर शहरमा नेपालको नेपालको चिर-परिचित सांगितिक समुह सुरसुधाको ‘हिलिंग थ्रु म्युजिक’ कन्सर्ट आयोजना हुने लागेको हो ।

करिब एक बर्षको अथक प्रयास पछि अमेरिकाको विभिन्न शहरहरुमा सांगितिक कार्यक्रम हुने ब्याण्डका म्यानेजर विनिशा श्रेष्ठले जानकारी दिइन् । उनका अनुसार डेनभरमा ब्रुमफिल्ड अडिटोरियममा कार्यक्रम हुने तय भएको छ। कोलोराडो फाइन आर्ट्सएसोसिएशनले कार्यक्रम आयोजना गरेको हो ।

हाल सुरसुधा समुहमा तबला वादक सुरेन्द्र श्रेष्ठ, बाँसुरीमा रमन महर्जन, गितारमा बिकास सुनार र गायनमा सरस्वती खत्री रहेकी छिन्। कार्यक्रम एकदमै फरक किसिमको प्रस्तुती रहने पनि बिनिशाले उल्लेख गरिन्। यो कार्यक्रमबाट सुरसुधाको अलग पहिचान कायम हुनेमा पनि आफु विश्वस्त रहेको उनले बताईन्।

सुरसुधा नेपालको सबैभन्दा पुरानो क्लासिकल म्यूज़िक ग्रुप मध्य एक हो । अहिले पनि जब जब नेपालमा विशिष्ट अतिथिहरु नेपाली भित्रिन्छन्, उक्त आतिथ्यको लागि एक मात्र विकल्प अझै सुरसुधा नै रहेको बिनिशाले बताइन्।

हालै टाईम्स म्युजिकको कोलेबोरेसनमा सुरसुधाको महाम्रित्युन्जय मन्त्र सर्वाधिक चर्चित भएको थियो जसमा सरस्वती खत्री सहित अभिनेत्री मनिशा कोईरालाले पनि गाएकी थिइन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *