जनमत पार्टीलाई जिताए विकास गरेर देखाउछौँः सिके राउत

डिसी नेपाल
२० कार्तिक २०७९ २१:४७

कपिलवस्तु । जनमत पार्टीका अध्यक्ष सिके राउतले यस पटकको निर्वाचनमा जनमत पार्टीलाई जिताए विकास गर्ने बताएका छन् । कपिलवस्तुको रुद्रपुरमा आज आयोजित चुनावी सभामा अध्यक्ष राउतले मङ्सिर ४ गतेपछि देशमा नयाँ आयाम आउने बताए ।

नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र मधेसवादी दलले नागरिकलाई गुमराहमा पारी मत लिएको तर विकास नगरेकाले जनमत पार्टीलाई मतदान गर्न राउतले आग्रह गरे।

पटकपटक नेतृत्व गरेका नेता असफल भएको उहाँले बताउनुभयो । उनले भने, “यहाँ लामो समय राणाले, राजा रजौटाले, राजनीतिक दलले शासन गरे तर आजसम्म जनता अधिकार र आधारभूत सेवा सुविधाबाट वञ्चित छन् ।” जनमत पार्टी विकासको एजेण्डासहित अघि आएको उनको भनाइ थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *