रुपन्देहीमा थपियो ९२ मतदान केन्द्र

डिसी नेपाल
२१ कार्तिक २०७९ १२:१०

भैरहवा। आगामी ४ मंसिरमा तय भएको प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनका लागि उम्मेदवार र निर्वाचन सम्पन्न गराउने अधिकारीहरू आ-आफ्नै तयारीमा लागेका छन्।

उम्मेदवारहरू पार्टीको प्रचार प्रसारका लागि कार्यालय खोल्नेदेखि घरदैलो र छलफलमा व्यस्त छन भने निर्वाचनलाई सम्पन्न बनाउन प्रशासन, निर्वाचन कार्यालय र निर्वाचन अधिकृतहरु तयारीमा छन्।

जिल्ला निर्वाचन कार्यालय रुपन्देहीले दुई सय आठवटा मतदान स्थल हुने गरी सात सय दुईवटा मतदान केन्द्र जिल्लाभर रहनेको टुंगाे लगाएको छ । पाँच निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा २०७४ सालको प्रदेश एवम प्रतिनिधि सभा निर्वाचनमा जिल्लामा पाँच लाख ३७ हजार एक सय २१ मतदाता थिए।

आगामी निर्वाचनका लागि ३ मंसिरसम्म १८ वर्ष उमेर पूरा भएका नागरिकले मात्र मतदानमा भाग लिन पाउने प्रावधान छ। मतदाता नामावली दर्ता नागरिकताको आधारमा भए पनि मताधिकारका लागि १८ वर्ष पूरा भएको हुनुपर्ने हुन्छ।

अघिको प्रदेश एवं प्रतिनिधिसभा निर्वाचनमा जिल्लामा दुई सय आठवटै मतदानस्थल रहेको थियो भने मतदान केन्द्र ६ सय १० वटा थियो। मतदाताको संख्या बढेकोले यस वर्ष मतदान केन्द्रहरु ९२ वटा थपिएको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोध्या भण्डारीले बताए।

सरदरमा एक हजार ६४ मतदाताको लागि एउटा मतदान केन्द्र तोकिएको छ। एउटा मतदानस्थलमा १६ वटा सम्म मतदान केन्द्र रुपन्देहीमा कायम गरिएको छ। अहिले गएको स्थानीय तहको भन्दा दुईवटा मतदान केन्द्र थपिएको छ, सोहीअनुसार मतदान केन्द्रको टुंगो लगाउने कार्य भएको भण्डारीले बताए।

रुपन्देहीबाट हाल ६ लाख ३८ हजार नाै सय ५२ जनाले यो निर्वाचनमा मताधिकारको प्रयोग गर्न पाउँछन्। तीन लाख २७ हजार चार सय ३३ पुरुष र तीन लाख ११ हजार पाँच सय ११ महिलाले मत हाल्न पाउनेछन्। निर्वाचन कार्यालयका कम्प्युटर अपरेटर विनोद भट्टराईका अनुसार रुपन्देही १ मा एक लाख ३९ हजार ५ सय ६० जनाले मताधिकार पाएका छन्।

जसकाे प्रदेश सभा १ मा ७२ हजार २ सय ११ मतदाता छन् भने २४ मतदान स्थलबाट ८२ मतदान केन्द्रमा मतदान हुनेछ। प्रदेश सभा २ का लागि ६७ हजार तीन सय ४९ जनाले मतदानका लागि २१ वटा मतदान स्थलमा ७२ वटा मतदान केन्द्र राखिएको छ।

रुपन्देही २ काे एक लाख २६ हजार आठ सय सात मतदाताका लागि प्रदेश सभा १ का लागि १० मतदान स्थलमा ६५ वटा मतदान केन्द्र तोकिएको छ ।६३ हजार पाँच सय तीन मतदाता रहेको प्रदेश २ को १ मा एकजनाले अन्यबाट पनि मतदान गर्नेछन्।

प्रदेश सभा २ का लागि ६३ हजार तीन सय चारजनाले मताधिकार पाएका छन्, जसका लागि १३ वटा मतदानस्थलमा ६६ वटा मतदान केन्द्र तय भएको छ।

रुपन्देही ३ मा कुल एक लाख ३२ हजार सात सय ९१ मतदाता छन्। प्रदेशको १ मा भने ६५ हजार ५ सय १३ मतदाताले २० वटा मतदान स्थलमा रहेको ७१ व्टा मतदान केन्द्रबाट मतदान गर्नेछन् भने प्रदेश २ का ६७ हजार दुई सय ७८ मतदाताले २६ मतदान स्थलको ७५ मतदान केन्द्रबाट मतदान गर्नेछन्।

रुपन्देही ४ मा कुल एक लाख १० हजार ६ सय ५९ मतदाता छन्। प्रदेशको १ मा ५३ हजार तीन सय ८९ मतदाताले २४ वटा मतदान स्थलमा रहेको ६२ वटा मतदान केन्द्रबाट मतदान गर्नेछन् भने प्रदेश २ का ५७ हजार दुई सय ७० मतदाताले २४ मतदान स्थलको ६६ मतदान केन्द्रबाट मतदान गर्नेछन्।

रुपन्देही ५ मा कुल एक लाख २९ हजार एक सय ३५ मतदाता छन्। प्रदेशको १ मा ७४ हजार ६ सय ५९ मतदाताले २० वटा मतदान स्थलमा रहेको ८० वटा मतदान केन्द्रबाट मतदान गर्नेछन् भने प्रदेश २ का ५४ हजार चार सय ७६ मतदाताले २६ मतदानस्थलको ६३ मतदान केन्द्रबाट मतदान गर्नेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *