अमेरिकी नागरिक बनेको ३ वर्षमै सराहना श्रेष्ठ चुनाब जितेर अमेरिकाकी सांसद बनिन्

डिसी नेपाल
२३ कार्तिक २०७९ १३:४४

काठमाडौं। ३ वर्षअघि सन् २०१९ मा अमेरिकी नागरिक बनेकी नेपाली मूलकी सराहना श्रेष्ठ अमेरिकाकी सांसद बनेकी छिन् । उनले अमेरिकाको न्यूयोर्क विधानसभाका लागि १०३ औं एसेम्बली डिस्ट्रिक्टबाट जित हात पार्दै सांसद बनेकी हुन् ।

डेमोक्रेटिक पार्टीकी श्रेष्ठले कूल ३५ हजार ४ सय ९३ मत प्राप्त गरेको निर्वाचन आयोगको अनौपचारिक तथ्यांकलाई उद्धृत गर्दै डेली फ्रिम्यानले जनाएको छ । उनीसँग प्रतिस्पर्धा गरेका रिपब्लिकन पार्टीका रियल्टर प्याट्रिक शीहानले २३ हजार १०४ मत प्राप्त गरे ।

गएको जूनमा श्रेष्ठले १३ पटकका सांसद केभिन काहिललाई पार्टीको आन्तरिक प्रतिस्पर्धामा पराजित गर्दै पार्टीको तर्फबाट सांसदको उम्मेदवारी जितेकी थिइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *