भूकम्प पीडित परिवारलाई राहत दिन एमाले सुदूरपश्चिम कमिटीको माग

डिसी नेपाल
२३ कार्तिक २०७९ १८:०९

धनगढी । डोटीमा भूकम्पले घर भत्किँदा पुरिएर मृत्यु भएका सबैका परिवारलाई राहत र क्षतिपूर्तिको व्यवस्था गर्न नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले सरकारसँग माग गरेको छ ।

एमाले प्रदेश इन्चार्ज लेखराज भट्टले एक विज्ञप्ति जारी गर्दै तत्काल आवश्यक राहत र पुनर्स्थापनामा जोड दिन सरकारसँग माग गरेका हुन् । उनले घाइतेहरूको निःशुल्क उपचारको प्रबन्ध मिलाउन समेत माग गरेका छन् ।

आज बिहान २स्१२ मिनेटमा डोटीको खप्तड राष्ट्रिय निकुञ्ज आसपास केन्द्रबिन्दु भएको आएको ६।६ म्याग्नेच्युटको भूकम्पले डोटीमा ठूलो क्षति पुर्‍याएको छ ।

भूकम्पले घर भत्किँदा पूर्व चौकी गाउँपालिका गैरामा ६ जनाले ज्यान गुमाए अहिले पनि घाइतेहरू अस्पतालमा छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *