भ्रष्टाचारको मुद्दा लागेका व्यक्तिलाई मत दिएर खेर नफ्याँक्नुहोस्ः रामचन्द्र पौडेल

डिसी नेपाल
२६ कार्तिक २०७९ २०:५२

तनँहु । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार रामचन्द्र पौडेलले लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धन गरेर अघि बढेको बताएका छन् । जिल्लाको व्यास नगरपालिका–१२ छिर्कनमा आज आयोजित सभालाई सम्बोधन गर्दै नेता पौडेलले भने, “राजनीतिक यात्राको अवधिभर मैलै कुनै पनि दाग नलगाएको व्यक्ति हुँ । भ्रष्टाचारी मुद्दा लागेका व्यक्तिलाई मत दिएर खेर नफ्याँक्नुहोस् ।”

स्वतन्त्रबाट तनहुँ क्षेत्र नं १ का प्रतिनिधि सभासदस्य पदका उम्मेदवार रहनुभएका गोविन्दराज जोशीप्रति लक्षित गर्दै नेता पौडेलले भने । भ्रष्टाचार लागेका व्यक्तिले चुनाव जिते पनि संसद् छिर्न नपाउने हुँदा समयमै ख्याल गर्न आग्रह गरे । आफ्ना अपूरा योजनालाई पूरा गर्दै गाउँगाउँमा बस्ने वातावरण सिर्जना गरी रोजगारीको व्यवस्था मिलाएर विदेशिने शक्तिलाई रोक्न पहलकदमी गरिने उनले बताए ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्र खतरामा पर्ने देखिएकाले त्यसको रक्षा गर्दै देशमा सुशासन कायम गर्न गठबन्धन आवश्यकता देखिएकाले गठबन्धन गरेको उनको स्पष्टोक्ति थियो । केही अधुरा काम पूरा गर्दै समृद्ध नेपाल निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने उनको प्रतिबद्धता रहेको छ । कार्यक्रममा गठबन्धनका नेकपा (माओवादी केन्द्र)का प्रदेश सभासदस्यका उम्मेदवार हरिबहादुर चुमानले गठबन्धनको सरकारले देश विकासमा कायपलट गर्ने योजना लिएर अघि बढेकाले बिजयी गराउन आवश्यक रहेको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *