भूकम्प आएपछि भाग्न खोज्दा लडेर एक वृद्धको मृत्युु

डिसी नेपाल
२७ कार्तिक २०७९ १९:३६

बैतडी । बैतडीमा शनिबार राति ८ बजेर १२ मिनेट जाँदा घर बाहिर भाग्न लागेका व्यक्तिको लडेर मृत्यु भएको छ ।

भूकम्पको धक्का महशुुस भएका बेला घरबाहिर निस्किदा घरको सिडिबाट लडेर जिल्लाको डिलासैनी गाउँपालिका–१ सेल्तडाकाका ६६ वर्षीय हरि लुहारको मृत्यु भएको हो । भूकम्पको धक्का महशुस भएकै बेला आत्तिएर घर बाहिर निस्किन खोज्दा लडेर उनको मृत्यु भएको डिलासैनी गाउँपालिकाका अध्यक्ष सन्तोष प्रकाश जोशीले जानकारी दिए ।

मृतक लुहारको टाउकोमा चोट लागेको छ । गम्भीर घाइते भएका उनलाई अस्पताल लैजाने तयारी गर्नै लाग्दा मृत्यु भएको परिवारीक श्रोतले जनाएको छ ।

गाउँपालिका अध्यक्ष जोशी, उपाध्यक्ष भगीरथ बोहरालगायतको टोलीले मृतकको घरमै पुगेर मृतकका परिवारलाई २० हजार किरिया खर्च हस्तान्तरण गरेको छ ।

यस्तै नेपाल रेडक्रस सोसाइटी, स्काउटलगायतका संघसंस्थाले मृतकका परिवारलाई केही खाद्यान्न सामग्री सहयोग गरेको पनि बताइएको छ ।

शनिबार राति ८ बजेर १२ मिनेट जाँदा बैतडीसहित सुदूरपश्चिममा  ठूलो धक्का महशुस गरिएको थियो । बझाङको पाटादेवल केन्द्रबिन्दु भएर ५.४ म्याग्नुच्युटको  भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *