कपडा पसलमा आगलागी, एक करोड बढीको क्षति

डिसी नेपाल
२९ कार्तिक २०७९ १०:४९
212
Shares

सुरुङ्गा। झापाको बिर्तामोडस्थित प्रसाईँ मार्केटमा आज बिहान आगलागी भएको छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गतको मुक्तिचोक पूर्वाेत्तर धरान टेलर्सको माथिल्लो तल्लामा रहेको ‘वङ्ल रेडिमेट’ पसलमा आगलागी भएको हो।

राजु वंशलले सञ्चालनमा ल्याएको सो कपडा पसलमा आगलागी हुँदा रु एक करोड बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धान रहेको छ।

बिर्तामोड नगरपालिकाको वारुणयन्त्रको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक रुगमबहादुर कुँवरले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *