नुवाकोटमा खुर्पा प्रहार गरी आमा–छोरीको हत्या

डिसी नेपाल
२९ कार्तिक २०७९ १२:२१
20
Shares

नुवाकोट। नुवाकोटको दुप्चेश्वर  गाउँपालिका–५ भगेरी डाँडा बस्ने १९ वर्षीया सम्झना खतिवडा र उनकी छोरी ४ वर्षीया कृष्टिना खतिवडाको खुर्पा प्रहार गरी हत्या भएको छ।

उनीहरुको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २१ वर्षीय पुष्कल भन्ने सोनाम तामाङलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ। सोनामले मृतकको घरमा गई सम्झना र कृष्टिना खतिवडालाई खुर्पा प्रहार गर्दा दुवै जनाको सोमबार राति घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

उक्त खबर प्राप्त हुनासाथ प्रहरी चौकी समुन्द्रटार र जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरीले उनलाई घटनास्थल नजिकै रहेको जंगलमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *