सुन तथा चाँदीका गरगहनासहित तीन जना पक्राउ

डिसी नेपाल
२९ कार्तिक २०७९ १२:३९
76
Shares

मोरङ। रंगेली नगरपालिका–४ स्थित सडक छेउबाट सुन र चाँदीका गहनासहित तीन जना भारतीयलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा भारतको अररिया कौवाकोह–४ बस्ने २८ वर्षीय कुमार यादव, अररिया कौवाकोह–३ बस्ने २५ वर्षीय सुरज कुमार यादव र सोही ठाउँ बस्ने ३५ वर्षीय राजेश कुमार यादव रहेका छन्।

उनीहरुको साथबाट १ तोला ४ आना ४ लाल सुनको एकथान नेक्लेस र एक जोर बाला, औंठी सहितको पन्जा एक जोर, एक जोर पाउजु र एक थान सिक्री गरी करिब ३१ तोला चाँदी बरामद गरिएको प्रहरीले जनाएको छ।

भारतबाट नेपालतर्फ आउँदै गरेको तत्काल नम्बर नखुलेको ३ जना सवार मोटरसाइकललाई इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले रोक्न खोज्दा मोटरसाइकलमा सवार व्यक्तिले प्लाष्टिकको झोला सोही स्थानमा फाली फरार भएका थिए।

झोला तलासी गर्दा उक्त परिमाणको सुन तथा चाँदीको गरगहना फेला पारेको थियो। त्यसपछि मोटरसाइकलसहित फरार भएका व्यक्तिहरूको खोजी गर्ने क्रममा रंगेली नगरपालिका–४ चोप्राह बोडर छेउबाट बिआर ३८ जेड १८८० नम्बरको मोटरसाइकलसहित घटनामा संलग्न उनीहरूलाई फेला पारी प्रहरीले पक्राउ गरेको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *