मतपेटिका ढुवानीका लागि सेनाको हेलिकोप्टर हुम्लामा
सुर्खेत। ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन सामग्री ढुवानी गर्न नेपाली सेनाको हेलिकोप्टर हुम्ला पुगेको छ। उत्तरी नाम्खा गाउँपालिका– ६ को लिमीका तीन मतदान केन्द्रमा नेपाली सेनाको हेलिकोप्टरबाट निर्वाचनमा खटिने कर्मचारीसहित मतपेटिका र मतपत्र ढुवानी गर्न थालेको हो।
हिमपातले न्यालु लेख बाटो अवरुद्ध भएपछि कर्मचारी र मतपत्र ढुवानीका लागि नेपाली सेनाको हेलिकोप्टर हुम्ला पुगेको जिल्ला निर्वाचन कार्यालय हुम्लाका निमित्त निर्वाचन अधिकारी श्यामबहादुर रानाले जानकारी दिए।
लिमीका तीन मतदान केन्द्र हल्जी, जाङ, तिल मतदान केन्द्रका लागि नेपाली सेनाको एमआई १७ बाट कर्मचारी र निर्वाचन सामग्री लिमी जाने निमित्त निर्वाचन अधिकारी रानाले बताए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment