विश्वको जनसङ्ख्या आज आठ अर्ब पुग्याे

डिसी नेपाल
२९ कार्तिक २०७९ १६:३३
24
Shares

एजेन्सी । मङ्गलबार विश्वको जनसङ्ख्या आठ अर्ब पुगेकाे संयुक्त राष्ट्रसङ्घको अनुमान गरेको छ ।

संयुक्त राष्ट्रसङ्घको पछिल्लो प्रक्षेपणले विश्व जनसङ्ख्या सन् २०३० मा ८.५ अर्ब, सन् २०५० मा ९.७ अर्ब र सन् २१०० मा १०.४ अर्ब पुगेकाे देखाएको छ।

विश्व जनसङ्ख्या दिवसको अवसरमा सोमबार सार्वजनिक गरिएको वार्षिक विश्व जनसङ्ख्या सम्भावना प्रतिवेदनमा उल्लेख गरेको छ ।

सन् २०२० मा एक प्रतिशतभन्दा कममा झरेर सन् १९५० यता विश्वको जनसङ्ख्या सबैभन्दा सुस्त गतिमा बढिरहेको देखाएको थियो ।

विश्व जनसङ्ख्या ७ बाट ८ अर्ब पुग्न १२ वर्ष लागेको र यो ९ अर्ब वृद्धि करिब १५ वर्ष लाग्ने अर्थात सन् २०३७ सम्ममा प्ुग्ने अनुमान गरिएको छ । यो विश्व जनसङ्ख्या बृद्धिको समग्र यो दर सुस्त संकेत पनि हो ।

सन् २०२२ सम्ममा, दोस्रो धेरै जनसङ्ख्या क्षेत्रको रुपमा एशिया रहेको छ । एसियाको पूर्वी र दक्षिण–पूर्वी २.३ अर्ब, मध्य दक्षिण एसियामा २.१ अर्ब र चीन र भारतमा १.४ अर्बभन्दा बढी पुगेको बताइएको छ ।

सन् २०५० सम्ममा विश्वव्यापी जनसङ्ख्याको अनुमानित वृद्धिको आधाभन्दा बढी मात्र आठ देशमा केन्द्रित हुनेछ । ती देशमा कङ्गो, इजिप्ट, इथियोपिया, भारत, नाइजेरिया, पाकिस्तान, फिलिपिन्स र तान्जानिया रहेका छन् ।

सन् २०२३ मा चीनलाई उछिनेर विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको देश भारत बन्ने संयुक्त राष्ट्रसङ्घको अनुमान गरेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *